Skip to content

Official Syllabus: General Paper (Basic Level, Paper 1)

Syllabus

आधारभुत (निम्नमाध्यमिक र प्राथमिक) तहको सामान्य परीक्षाको पाठ्यक्रम, २०७६

शिक्षक सेवा आयोगद्वारा प्रकाशित आधिकारिक पाठ्यक्रम। मूल PDF: 1594796743%E0%A4%B8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%20%E0%A4%AA%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE%20%E0%A4%AA%E0%A4%BE%E0%A4%A0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%20%E0%A4%86%E0%A4%A7%E0%A4%BE%E0%A4%B0%E0%A4%AD%E0%A5%82%E0%A4%A4%20%E0%A4%A4%E0%A4%B9_iyzagps.pdf · सूची: tsc.gov.np/category/79

पत्र/विषय क्षेत्रपूर्णाङ्कउत्तीर्णाङ्कप्रश्न × अङ्कपरीक्षा प्रणालीसमय
सामान्य परीक्षा (विज्ञापन भएका सबै विषयका लागि)१००५०५० प्रश्न × २वस्तुगत / बहुवैकल्पिक१ घण्टा
सम्बन्धित विषयको विषयगत परीक्षा१००४०१० प्रश्न × १०विषयगत विश्लेषणात्मक३ घण्टा
  • वस्तुगत/बहुवैकल्पिक प्रश्नको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तरबापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ, तर उत्तर नदिएमा अङ्क कट्टा गरिने छैन।
  • परीक्षाको मितिभन्दा ३ महिना अगाडि संशोधन भएका, हटाइएका वा थप गरी कायम रहेका कानुन तथा नीतिलाई पाठ्यक्रममा परेको सम्झनुपर्छ।
  • सामान्य परीक्षा विज्ञापन भएका सबै विषयका लागि एउटै (साझा) हुन्छ; सामान्य परीक्षामा उत्तीर्ण उम्मेदवार मात्र विषयगत परीक्षामा सम्मिलित हुन्छन्।
  • निम्न माध्यमिक र प्राथमिक तहको परीक्षा छुट्टाछुट्टै सञ्चालन हुन्छ। पाठ्यक्रम २०७६/११/०१ देखि लागु।
  1. खण्ड क: सामान्य ज्ञान र समसामयिक विषय (३० अङ्क)
    1. ब्रह्माण्डसम्बन्धी जानकारी
      1. सौर्यमण्डल: सूर्य, ग्रह, उपग्रह, तारा
      2. पृथ्वी: परिचय, उत्पत्ति र गति
    2. विश्वको भूगोल
      1. महासागर, महादेश, भौगोलिक क्षेत्र र विशेषता
      2. अवस्थिति, अक्षांश, देशान्तर, अन्तर्राष्ट्रिय तिथि रेखा, समय र दूरी
      3. जलवायु, पर्वत शृङ्खला, मरुभूमि, भूकम्प, ज्वालामुखी, नदी र हिमनदी
    3. नेपालको भूगोल
      1. भौगोलिक अवस्था, धरातलीय स्वरूप, किसिम र विशेषता
      2. प्राकृतिक स्रोतहरू, किसिम, उपलब्धता र उपयोग
      3. भौगोलिक विविधता र जनजीवन
      4. हावापानीको किसिम, विशेषता र त्यसको प्रभाव
    4. नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्था
      1. आधुनिक इतिहास: महत्त्वपूर्ण राजनीतिक घटनाक्रम
      2. नेपाली समाज: बनोट, सामाजिक प्रथा, परम्परा, मूल्य र मान्यता
      3. सांस्कृतिक सम्पदा: किसिम, स्थिति, विशेषता, महत्त्व र संरक्षण
    5. नेपालको आर्थिक विकास
      1. नेपालको अर्थतन्त्रको स्वरूप
      2. विकासका पूर्वाधारहरू: शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, विद्युत् र पर्यटन
      3. चालु आवधिक योजना र बजेट
    6. वातावरण, विज्ञान र प्रविधि
      1. दिगो विकास, नेपालको जलवायुको अवस्था, हरितगृह प्रभाव, वातावरण प्रदूषण
      2. पारिस्थितिक पद्धति (Ecosystem): परिचय र प्रकार
      3. जनसाङ्ख्यिकी, सहरीकरण र बसाइँसराइ र असर
      4. जैविक प्रविधि र वैकल्पिक ऊर्जा
      5. विज्ञान र प्रविधिको विकास
    7. अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघ/संस्था
      1. संयुक्त राष्ट्रसंघ: यसका अङ्गहरू, विशिष्टीकृत संस्था र तिनका गतिविधिहरू
      2. क्षेत्रीय संगठन: सार्क र बिमस्टेक
    8. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक, सांस्कृतिकलगायत समसामयिक घटनासम्बन्धी जानकारी
  2. खण्ड ख: शिक्षासम्बन्धी आधारभूत ज्ञान (४० अङ्क)
    1. शिक्षाको परिचय र नेपालको शैक्षिक विकास
      1. शिक्षाको अर्थ, परिभाषा, स्वरूप, उद्देश्यहरू र कार्यहरू
      2. नेपालको आधुनिक शैक्षिक इतिहास
      3. शैक्षिक संगठन र संरचना
    2. शिक्षा मनोविज्ञान
      1. शिक्षा मनोविज्ञान: अर्थ, अवधारणा, आवश्यकता र महत्त्व
      2. मानव विकास: वृद्धि र विकासको अवधारणा, चरण र विशेषता
      3. उत्तर बाल्यावस्था: विशेषता, देखापर्ने परिवर्तनहरू (शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक परिवर्तन) र रुचिहरू
      4. उत्तर बाल्यावस्थाका विद्यार्थीहरूको सामाजीकरणमा शिक्षक र अभिभावकको भूमिका
    3. सिकाइ र प्रभाव पार्ने तत्त्वहरू
      1. सिकाइ: परिचय, अर्थ, स्वरूप र प्रभाव पार्ने तत्त्वहरू
      2. सिकाइको स्थानान्तरण: अवधारणा, प्रकार, सिद्धान्त र प्रभाव पार्ने तत्त्वहरू
      3. उत्प्रेरणा: अवधारणा, आवश्यकता र विद्यार्थीहरूमा उत्प्रेरणा जगाउने उपायहरू
      4. पुनर्बल (Reinforcement): अवधारणा, प्रकार र प्रयोग
    4. सिकाइ प्रक्रिया र सिकाइका सिद्धान्तहरू
      1. सिकाइका सिद्धान्त: परिचय, विशेषता र शैक्षिक उपयोगिता
      2. शास्त्रीय सम्बन्धन सिद्धान्त (Classical Conditioning Theory)
      3. कार्यपरक सम्बन्धन सिद्धान्त (Operant Conditioning Theory)
    5. पाठ्यक्रम तथा पाठ्यपुस्तक
      1. पाठ्यक्रमको परिचय, अवधारणा, उद्देश्य, क्षेत्र र क्रम
      2. राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६
      3. पाठ्यक्रममा विविधता व्यवस्थापन, स्थानीय पाठ्यक्रम, एकीकृत पाठ्यक्रम
      4. पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका र सम्बन्ध
    6. शिक्षण सिकाइको योजना, विधि र शिक्षण सामग्री
      1. शैक्षणिक योजना: अर्थ र आवश्यकता, वार्षिक कार्ययोजना, वार्षिक शैक्षणिक योजना, एकाइ योजना र दैनिक पाठयोजना
      2. शिक्षण सिकाइ विधि: अर्थ, शिक्षककेन्द्रित, अन्तरक्रियात्मक र विद्यार्थीकेन्द्रित शिक्षण विधि
      3. शिक्षण सामग्री: अर्थ, वर्गीकरण, निर्माण, प्रयोग र भण्डारण
    7. मूल्याङ्कन र परीक्षा
      1. मापन र मूल्याङ्कनबिच भिन्नता, मूल्याङ्कनका प्रकार, साधन र विशेषता
      2. परीक्षाको अर्थ र प्रकार (विषयगत, वस्तुगत, स्तरीकृत र शिक्षक निर्मित परीक्षा)
      3. प्रश्नपत्र निर्माण, विशिष्टीकरण तालिका, प्रश्नहरूको विश्लेषण, वैधता र विश्वसनीयता
      4. निरन्तर मूल्याङ्कन प्रणाली, अक्षराङ्कन पद्धति र नेपालको सन्दर्भमा निरन्तर मूल्याङ्कन प्रणालीको अवस्था
    8. शैक्षिक व्यवस्थापन र शैक्षणिक संगठन
      1. कक्षाकोठा व्यवस्थापन: अवधारणा, आवश्यकता र महत्त्व
      2. कक्षाकोठामा विविधता व्यवस्थापन: भाषिक, लैङ्गिक, अपाङ्गता, आर्थिक, सामाजिक र सांस्कृतिक
      3. शैक्षणिक संगठन: कक्षा शिक्षण, बहुकक्षा शिक्षण, विषय शिक्षण, मिश्रित शिक्षण
      4. विद्यालयमा द्वन्द्व व्यवस्थापन, विपत् व्यवस्थापन, सङ्कट व्यवस्थापन
    9. शिक्षक पेसागत विकास र शैक्षिक अनुसन्धान
      1. शिक्षक तालिम र क्षमता विकास
      2. शैक्षिक अनुसन्धान: अर्थ, आवश्यकता र महत्त्व
      3. घटना अध्ययन र कार्यमूलक अनुसन्धान: उद्देश्य र प्रयोग
  3. खण्ड ग: सूचना तथा सञ्चार प्रविधि (१० अङ्क)
    1. कम्प्युटर: परिचय, प्रकार, हार्डवेयर, सफ्टवेयर र अफिस प्याकेज (वर्ड, एक्सेल, पावरप्वाइन्ट), इमेल, इन्टरनेट
    2. विद्यालयमा प्रयोग गरिने साधारण सफ्टवेयरसम्बन्धी आधारभूत ज्ञान
    3. शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग (श्रव्य, दृश्य तथा अन्तरक्रियात्मक डिजिटल सामग्री, ई-पुस्तकालय), विकास र व्यवस्थापन
    4. साइबर अपराध र सुरक्षासम्बन्धी आधारभूत ज्ञान
  4. खण्ड घ: संविधान, शिक्षासम्बन्धी ऐन तथा नियमहरू (१० अङ्क)
    1. नेपालको संविधान (मौलिक हक र राज्यका निर्देशक सिद्धान्तहरू)
    2. शिक्षा ऐन, २०२८
    3. शिक्षा नियमावली, २०५९
    4. शिक्षक सेवा आयोग नियमावली, २०५७
    5. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (शिक्षासम्बन्धी)
  5. खण्ड ङ: सामान्य बौद्धिक परीक्षण (General Mental Ability Test) (१० अङ्क)
    1. शाब्दिक बौद्धिक परीक्षण (Verbal Intelligence Test)
      1. शब्दज्ञान परीक्षण (Word knowledge tests)
      2. समरूपता (Analogies)
      3. शाब्दिक वर्गीकरण (Verbal Classification)
      4. विपरीतार्थक, समानार्थी (Antonyms, Synonyms)
      5. शाब्दिक पजलहरू, अमिल्दा शब्दहरू (Verbal Puzzles Including Jumbled Words)
    2. गणितीय क्षमता (Mathematical Ability)
      1. श्रेणीक्रम समस्याहरू (Series Problems)
      2. छुटेका सङ्ख्याहरू पुरा गर्ने (Fill in the Missing Numbers)
      3. गणितीय पजलहरू (Mathematical Puzzles)
      4. भिन्न र दशमलव (Fraction and Decimal)
      5. प्रतिशत र अनुपात (Percentage and Ratio)
      6. नाफा, नोक्सान, कार्य र समय (Profit, Loss, Time and Work)
      7. तथ्याङ्क परीक्षण, विश्लेषण र प्रमाणीकरण (Data Checking, Data Interpretation and Verification)
    3. स्थानिक तार्किक सीप (Spatial Reasoning Skills)
      1. वस्तु मिलान (Object Assembly)
      2. अङ्क सङ्केत/कोडिङ (Digit Symbol/Coding)
      3. चित्र मिलान (Picture Arrangement)
      4. चित्र पुरा गर्ने (Picture Completion)
      5. मेट्रिक्स रिजनिङ (Matrix Reasoning)
    4. दृश्यात्मक/धारणात्मक सीप (Visual/Perceptual Skills)
      1. सीमित सूचनाको आधारमा निष्कर्ष (Stringing separate related pieces of information)
      2. समान प्रकारका वस्तु पहिचान (Picking out identical things from a collection)
      3. असमान वस्तु/चित्र पहिचान (Identifying the odd one out)