Skip to content

Official Syllabus: General Paper (Secondary Level, Paper 1)

Syllabus

माध्यमिक तहको सामान्य परीक्षाको पाठ्यक्रम, २०७६

शिक्षक सेवा आयोगद्वारा प्रकाशित आधिकारिक पाठ्यक्रम। मूल PDF: 159479661915816039051581598034%E0%A4%AE%E0%A4%BE%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%AE%E0%A4%BF%E0%A4%95%20%E0%A4%A4%E0%A4%B9%E0%A4%95%E0%A5%8B%20%E0%A4%B8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%20%E0%A4%AA%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE%E0%A4%95%E0%A5%8B%20%E0%A4%AA%E0%A4%BE%E0%A4%A0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE_zwub5rs.pdf · सूची: tsc.gov.np/category/79

पत्र/विषय क्षेत्रपूर्णाङ्कउत्तीर्णाङ्कप्रश्न × अङ्कपरीक्षा प्रणालीसमय
सामान्य परीक्षा (विज्ञापन भएका सबै विषयका लागि)१००५०५० प्रश्न × २वस्तुगत / बहुवैकल्पिक१ घण्टा
सम्बन्धित विषयको विषयगत परीक्षा१००४०१० प्रश्न × १०विषयगत विश्लेषणात्मक३ घण्टा
  • वस्तुगत/बहुवैकल्पिक प्रश्नको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तरबापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ, तर उत्तर नदिएमा अङ्क कट्टा गरिने छैन।
  • परीक्षाको मितिभन्दा ३ महिना अगाडि संशोधन भएका, हटाइएका वा थप गरी कायम रहेका कानुन तथा नीतिलाई पाठ्यक्रममा परेको सम्झनुपर्छ।
  • सामान्य परीक्षा विज्ञापन भएका सबै विषयका लागि एउटै (साझा) हुन्छ; सामान्य परीक्षामा उत्तीर्ण उम्मेदवार मात्र विषयगत परीक्षामा सम्मिलित हुन्छन्।
  • पाठ्यक्रम २०७६/११/०१ देखि लागु।
  1. खण्ड क: सामान्य ज्ञान (४० अङ्क)
    1. ब्रह्माण्डसम्बन्धी जानकारी
      1. सौर्यमण्डल: सूर्य, ग्रह, उपग्रह, तारा
      2. पृथ्वी: परिचय, उत्पत्ति र गति
    2. विश्वको भूगोल
      1. महासागर, महादेश, भौगोलिक क्षेत्र र विशेषता
      2. अवस्थिति, अक्षांश, देशान्तर, अन्तर्राष्ट्रिय तिथि रेखा, समय र दूरी, भूकम्प र ज्वालामुखी
      3. जलवायु, पर्वत शृङ्खला, मरुभूमि, भूकम्प, ज्वालामुखी, नदी र हिमनदी
    3. नेपालको भूगोल
      1. भौगोलिक अवस्था, धरातलीय स्वरूप, किसिम र विशेषता
      2. प्राकृतिक स्रोतहरू, किसिम, उपलब्धता र वर्तमान अवस्था
      3. भौगोलिक विविधता र जनजीवन
      4. हावापानीको किसिम, विशेषता र त्यसको प्रभाव
    4. नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्था
      1. प्राचीनकाल (किराँत र लिच्छवि) र मध्यकालको सामाजिक, आर्थिक एवं राजनीतिक अवस्था
      2. आधुनिक इतिहास: महत्त्वपूर्ण राजनीतिक घटनाक्रम, कारण र परिणाम
      3. नेपाली समाज र यसको बनोट
      4. सामाजिक प्रथा, परम्परा, मूल्य र मान्यता
      5. सांस्कृतिक सम्पदा: किसिम, स्थिति, विशेषता, महत्त्व र संरक्षण
    5. नेपालको आर्थिक विकास
      1. नेपालको अर्थतन्त्रको स्वरूप
      2. विकासका पूर्वाधारहरू: शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, सञ्चार र विद्युत्
      3. योजनाबद्ध विकास: चालु आवधिक योजना र बजेट
      4. राष्ट्रिय गौरवका आयोजनाहरू
    6. वातावरण, विज्ञान र प्रविधि
      1. दिगो विकासका अवयवहरू, लक्ष्य, उद्देश्य र रणनीति
      2. विश्वव्यापी उष्णता, जलवायु परिवर्तन, हरितगृह प्रभाव र वातावरण प्रदूषण
      3. पारिस्थितिक पद्धति (Ecosystem): मानव गतिविधि र पारिस्थितिक पद्धतिमा परेको प्रभाव
      4. जनसाङ्ख्यिकी, सहरीकरण र बसाइँसराइको वर्तमान अवस्था
      5. जैविक प्रविधि, सूचना तथा सञ्चार प्रविधि र वैकल्पिक ऊर्जा
      6. विज्ञान र प्रविधिको विकास
    7. अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघ/संस्था
      1. संयुक्त राष्ट्रसंघ: यसका अङ्गहरू, विशिष्टीकृत संस्था र तिनका गतिविधिहरू
      2. क्षेत्रीय संगठन: सार्क र बिमस्टेक
      3. विश्व बैंक र एसियाली विकास बैंक
    8. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक, सांस्कृतिकलगायत समसामयिक घटनासम्बन्धी जानकारी
  2. खण्ड ख: शिक्षासम्बन्धी आधारभूत ज्ञान (२४ अङ्क)
    1. शिक्षाको परिचय र नेपालको शैक्षिक विकास
      1. शिक्षाको स्वरूप, उद्देश्यहरू र कार्यहरू
      2. शिक्षाका आधुनिक प्रवृत्ति
      3. नेपालको आधुनिक शैक्षिक इतिहास
    2. शिक्षा मनोविज्ञान
      1. शिक्षा मनोविज्ञान: अवधारणा र आवश्यकता
      2. मानव विकास: वृद्धि र विकासको अवधारणा
      3. किशोरावस्था: किशोरावस्थाका रुचि र परिवर्तनहरू
    3. सिकाइ प्रक्रिया र सिकाइका सिद्धान्त
      1. सिकाइमा प्रभाव पार्ने तत्त्वहरू: सिकाइको स्थानान्तरण, स्मरण र विस्मरण र उत्प्रेरणा
      2. सिकाइ सिद्धान्त: परिचय, विशेषता र शैक्षिक उपयोगिता: शास्त्रीय सम्बन्धन सिद्धान्त (Classical Conditioning Theory); कार्यपरक सम्बन्धन सिद्धान्त (Operant Conditioning Theory); प्रयत्न र भूल सिकाइ सिद्धान्त (Trial and Error Learning Theory); अन्तर्दृष्टि सिकाइ सिद्धान्त (Insightful Learning Theory); जिन पियाजेको सिकाइ सिद्धान्त (Jean Piaget's Cognitive Developmental Theory); बान्डुराको सिकाइ सिद्धान्त (Bandura's Social Learning Theory)
    4. पाठ्यक्रम तथा पाठ्यपुस्तक
      1. पाठ्यक्रमको अवधारणा, उद्देश्य, क्षेत्र र क्रम
      2. नेपालमा विद्यालय तहको पाठ्यक्रम विकासक्रम र वर्तमान अभ्यास
      3. राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ (विद्यालय शिक्षा)
      4. पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका
    5. शिक्षण सिकाइ योजना, विधि र शिक्षण सामग्री
      1. शैक्षणिक योजना
      2. शिक्षण सिकाइ विधि
      3. शिक्षण सामग्री: अर्थ, वर्गीकरण, निर्माण र प्रयोग
    6. मूल्याङ्कन र परीक्षा
      1. परीक्षा र मूल्याङ्कनको अवधारणा, प्रकार, साधन र विशेषता
      2. प्रश्नपत्र निर्माण, विशिष्टीकरण तालिका, प्रश्नहरूको विश्लेषण, वैधता र विश्वसनीयता
      3. निरन्तर विद्यार्थी मूल्याङ्कन र अक्षराङ्कन पद्धति
      4. परीक्षाफलको विश्लेषण र प्रयोग, विद्यार्थी उपलब्धि राष्ट्रिय परीक्षण (NASA) प्रतिवेदन
    7. शैक्षिक व्यवस्थापन र शैक्षणिक संगठन
      1. कक्षाकोठा व्यवस्थापनको अवधारणा र विविधता व्यवस्थापन
      2. शैक्षणिक संगठन: कक्षा शिक्षण, बहुकक्षा शिक्षण, विषय शिक्षण, मिश्रित शिक्षण
      3. विद्यालयमा द्वन्द्व व्यवस्थापन, विपत् व्यवस्थापन र सङ्कट व्यवस्थापन
    8. शिक्षक पेसागत विकास र शैक्षिक अनुसन्धान
      1. शिक्षक तालिम र क्षमता विकास
      2. शिक्षक सक्षमताको प्रारूप २०७२
      3. शैक्षिक अनुसन्धान: अर्थ, आवश्यकता र प्रयोग (घटना अध्ययन र कार्यमूलक अनुसन्धान)
  3. खण्ड ग: सामान्य बौद्धिक परीक्षण (General Mental Ability Test) (१६ अङ्क)
    1. शाब्दिक बौद्धिक परीक्षण (Verbal Intelligence Test)
      1. शब्दज्ञान परीक्षण (Word knowledge tests)
      2. समरूपता (Analogies)
      3. शाब्दिक वर्गीकरण (Verbal Classification)
      4. विपरीतार्थक, समानार्थी (Antonyms, Synonyms)
      5. शाब्दिक पजलहरू, अमिल्दा शब्दहरू (Verbal Puzzles Including Jumbled Words)
    2. गणितीय क्षमता (Mathematical Ability)
      1. श्रेणीक्रम समस्याहरू (Series Problems)
      2. छुटेका सङ्ख्याहरू पुरा गर्ने (Fill in the Missing Numbers)
      3. गणितीय पजलहरू (Mathematical Puzzles)
      4. भिन्न र दशमलव (Fraction and Decimal)
      5. प्रतिशत र अनुपात (Percentage and Ratio)
      6. नाफा, नोक्सान, कार्य र समय (Profit, Loss, Time and Work)
      7. तथ्याङ्क परीक्षण, विश्लेषण र प्रमाणीकरण (Data Checking, Data Interpretation and Verification)
    3. स्थानिक तार्किक सीप (Spatial Reasoning Skills)
      1. वस्तु मिलान (Object Assembly)
      2. अङ्क सङ्केत/कोडिङ (Digit Symbol/Coding)
      3. चित्र मिलान (Picture Arrangement)
      4. चित्र पुरा गर्ने (Picture Completion)
      5. मेट्रिक्स रिजनिङ (Matrix Reasoning)
    4. दृश्यात्मक/धारणात्मक सीप (Visual/Perceptual Skills)
      1. सीमित सूचनाको आधारमा निष्कर्ष (Stringing separate related pieces of information)
      2. समान प्रकारका वस्तु पहिचान (Picking out identical things from a collection)
      3. असमान वस्तु/चित्र पहिचान (Identifying the odd one out)
  4. खण्ड घ: सूचना तथा सञ्चार प्रविधि (१० अङ्क)
    1. कम्प्युटर: परिचय, प्रकार, हार्डवेयर, सफ्टवेयर र अफिस प्याकेज (वर्ड, एक्सेल, पावरप्वाइन्ट), इमेल, इन्टरनेट
    2. विद्यालयमा प्रयोग गरिने साधारण सफ्टवेयरसम्बन्धी आधारभूत ज्ञान
    3. शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग (श्रव्य, दृश्य तथा अन्तरक्रियात्मक डिजिटल सामग्री, ई-पुस्तकालय), विकास र व्यवस्थापन
    4. साइबर अपराध र सुरक्षासम्बन्धी आधारभूत ज्ञान
  5. खण्ड ङ: संविधान, शिक्षासम्बन्धी ऐन तथा नियमहरू (१० अङ्क)
    1. नेपालको संविधान
    2. शिक्षा ऐन, २०२८
    3. शिक्षा नियमावली, २०५९
    4. शिक्षक सेवा आयोग नियमावली, २०५७
    5. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (शिक्षासम्बन्धी)