Skip to content

Official Syllabus: Teaching License: Primary Level (Papers 1 and 2)

Syllabus

आधारभूत तह (कक्षा १-५) को अध्यापन अनुमति पत्रको पाठ्यक्रम - पहिलो तथा दोस्रो पत्र , २०७५

शिक्षक सेवा आयोगद्वारा प्रकाशित आधिकारिक पाठ्यक्रम। मूल PDF: 1539166032%E0%A4%85%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AA%E0%A4%A8%20%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%AE%E0%A4%BF%E0%A4%A4%20%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%20%E0%A4%AA%E0%A4%BE%E0%A4%A0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%20(%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A5%E0%A4%AE%E0%A4%BF%E0%A4%95)_w8ae4eb.pdf · सूची: tsc.gov.np/category/79

पत्र/विषय क्षेत्रपूर्णाङ्कउत्तीर्णाङ्कप्रश्न × अङ्कपरीक्षा प्रणालीसमय
पहिलो पत्र (विषयगत ज्ञान र शिक्षण कला): वस्तुगत४०४० प्रश्न × १वस्तुगत (बहुवैकल्पिक)४० मिनेट
पहिलो पत्र (विषयगत ज्ञान र शिक्षण कला): विषयगत२५५ प्रश्न × ५विषयगत१ घण्टा १५ मिनेट
दोस्रो पत्र (पेसागत ज्ञान)३५७ प्रश्न × ५विषयगत१ घण्टा ५ मिनेट
  • पूर्णाङ्क १०० र उत्तीर्णाङ्क ५०; जम्मा समय ३ घण्टा; पहिलो र दोस्रो पत्रको परीक्षा एकैपटक सञ्चालन हुन्छ र उत्तरपुस्तिका अलग अलग हुन्छन्।
  • परीक्षाको माध्यम नेपाली वा अङ्ग्रेजी वा दुवै; भाषा विषयको परीक्षा सोही भाषामा।
  • पाठ्यक्रम शिक्षकको सक्षमताको प्रारूप २०७२ (Teacher Competency Framework) मा आधारित।
  • कण्ठस्थ गरी दिइएका जवाफभन्दा शिक्षण सिकाइसँग सम्बन्धित व्यावहारिक पक्षको विश्लेषण र समस्या समाधान गर्दै दिइएका मौलिक तथा सिर्जनात्मक उत्तरलाई प्रोत्साहित गरिन्छ।
  1. पहिलो पत्र: शिक्षणको विषयवस्तु तथा शिक्षणकलासम्बन्धी ज्ञान (६५ अङ्क)
    1. नेपाली: नेपाली भाषाको परिचय, विकास र स्वरूप
      1. नेपाली भाषाको सङ्क्षिप्त परिचय र विशेषता
      2. नेपाली भाषाको स्वरूप: नेपाली उच्चारण व्यवस्था (स्वर, व्यञ्जन र अक्षर प्रणाली), कथ्य र लेख्य भाषाको भेद तथा अन्तरसम्बन्ध, शब्दभण्डारका दृष्टिले स्तरीय नेपाली प्रयोगमा अन्य भाषाको प्रभाव
      3. नेपाली शब्दकोशको प्रयोग: मानक शब्द पहिचान र प्रयोग
      4. नेपाली भाषामा कार्यमूलक व्याकरणको अवधारणा र अभ्यास
      5. समावेशी अवस्थामा भाषिक सिकाइ
      6. भाषा सिकाइमा पठन तत्त्वको अवधारणा, परिचय र प्रयोग: ध्वनि सचेतीकरण, लेख्यवर्ण सचेतीकरण, पठन प्रवाह, शब्दभण्डार, बोध र लेखाइ
      7. पहिलो भाषा र दोस्रो भाषाका रूपमा नेपाली भाषा सिकाइ सहजीकरण
      8. बहुभाषिक अवस्थाको पहिचान तथा शिक्षण: मातृभाषा एवम् भाषिकाका शब्दको प्रयोग, अभ्यास र अवसर, समस्या समाधान विधिको प्रयोग
      9. भाषिक रूपान्तरण र स्थानान्तरणका मान्यताहरू
    2. नेपाली: नेपाली भाषाको बोध र अभिव्यक्ति
      1. ज्ञान विज्ञानका विभिन्न क्षेत्रका विषयवस्तुमा लेखिएका गद्यांशहरूको पठनबोध
      2. गद्यांशहरूबाट बुँदा टिपोट र सङ्क्षेपीकरण
      3. अनुच्छेद लेखन
      4. निबन्ध लेखन
      5. प्रतिवेदन लेखन
      6. पत्र रचना
      7. व्यावहारिक लेखन: समवेदना, श्रद्धाञ्जली, शुभकामना आदि
      8. सिलसिलाबद्ध अभिव्यक्ति: सन्दर्भ, पूर्वानुमान तथा घटना वर्णन, शब्दभण्डार र प्रसङ्गअनुसार शब्दको चयन र प्रयोग, शुद्धाशुद्धि पहिचान र सम्पादन, आलेखन, अनुलेखन र स्वतन्त्र लेखन, सूचना संश्लेषण तथा विश्लेषण
    3. English
      1. Importance of English language
      2. Development of four language skills: listening, speaking, reading and writing
      3. Reading comprehension: short stories, dialogues, facts
      4. Interpret charts, tables and diagrams
      5. Describe things, people and narrate events
      6. Write simple letters, dialogues and paragraphs
      7. Use of punctuation marks
      8. Use of simple dictionaries
      9. Basic English grammar and structures
      10. Use appropriate structures for the language functions covered in basic level curriculum of grades 1-5
      11. Use of classroom language
    4. गणित
      1. अङ्क र सङ्ख्याको ज्ञान: अवधारणा, शून्यान्त, रूढ र संयुक्त सङ्ख्या र खण्डीकरण
      2. गणितका आधारभूत क्रियाहरू: जोड, घटाउ, गुणन र भाग
      3. भिन्न, दशमलव र प्रतिशत
      4. समूहका प्रकार र क्रियाहरू
      5. समय, मुद्रा र नापतौल र क्षमताका आधारभूत क्रियाहरू र रूपान्तरण
      6. क्षेत्रफल, दूरी, आयतन र परिमिति
      7. ऐकिक नियम, साधारण ब्याज र अनुपात
      8. बीजगणित: अभिव्यञ्जकको जोड, घटाउ, गुणन र भाग, समीकरण
      9. ज्यामिति: रेखा, कोण, त्रिभुज र चतुर्भुज आदि
      10. ग्राफ, चार्ट, तालिका र तथ्याङ्क सङ्कलन
    5. आधारभूत तह (प्राथमिक कक्षा १–५) को पाठ्यक्रम, शिक्षण सहजीकरण र मूल्याङ्कन
      1. प्राथमिक कक्षा १–५ को पाठ्यक्रमसम्बन्धी जानकारी: तहगत र विषयगत उद्देश्य र कक्षागत सिकाइ उपलब्धि, विषयवस्तुको क्षेत्र तथा क्रम, विषयगत पूर्णाङ्क र पाठ्यभार, शिक्षण सिकाइ प्रक्रिया र विद्यार्थी मूल्याङ्कन
      2. शैक्षणिक योजना निर्माण: शैक्षिक उद्देश्यको वर्गीकरण (ब्लुम्सको टेक्सोनोमी), वार्षिक शैक्षणिक योजना, एकाइ योजना, दैनिक पाठयोजना र शिक्षण सुधार योजनाको निर्माण र प्रयोग
      3. शिक्षण सहजीकरण प्रक्रिया/विधिहरू: नेपाली (व्याख्यान, कथाकथन, छलफल, प्रश्नोत्तर, अभिनय तथा भूमिका निर्वाह, खेल, खोजविधि), English (teaching four skills, pronunciation, vocabulary, grammar, language functions; drills, pair and group work, songs, chants, poems, stories and language games), गणित (प्रदर्शन, प्रयोगात्मक, प्रश्नोत्तर, छलफल, आगमन, समस्या समाधान, खोज, पियाजेको संज्ञानात्मक विकास सिद्धान्तको प्रयोग)
      4. विषयगत शिक्षण सिकाइका लागि स्थानीय तथा शिक्षक निर्मित सामग्रीको सङ्कलन, निर्माण र प्रयोग
      5. सिकाइ सहजीकरणमा सूचना तथा सञ्चार प्रविधिको उपयोग: साधनको सङ्कलन, छनोट, प्रयोग (अनलाइन र अफलाइन सामग्री, दृश्य, श्रव्य, सामाजिक सञ्जाल, इमेल, वेबसाइट, मल्टिमिडिया, भर्चुअल सिकाइ, इ-कन्फरेन्स, साइबर सिकाइ आदि)
      6. विषयगत मूल्याङ्कन: विशिष्टीकरण तालिकाको निर्माण र प्रयोग, मूल्याङ्कनका साधन निर्माण, सिकाइ सुधारका लागि निरन्तर मूल्याङ्कन पद्धति, मूल्याङ्कन रुब्रिक्सको प्रयोग
  2. दोस्रो पत्र: पेसागत ज्ञान (३५ अङ्क)
    1. विद्यालय शिक्षासम्बन्धी विद्यमान व्यवस्था
      1. नेपालको संविधानमा शिक्षासम्बन्धी व्यवस्था
      2. शिक्षा ऐन, २०२८ (संशोधनसहित) तथा शिक्षा नियमावली, २०५९ (संशोधनसहित)
      3. शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित)
      4. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा शिक्षासम्बन्धी व्यवस्था
      5. प्राथमिक र निम्न माध्यमिक तहसँग सम्बन्धित विषयवस्तु: नेपाल राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन २०११, राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८, राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९, विद्यालय क्षेत्र विकास योजना (२०७३/७४–२०७९/८०)
      6. शिक्षाका राष्ट्रिय उद्देश्य, आधारभूत शिक्षाका उद्देश्य र सक्षमताहरू
      7. शिक्षाको संरचना (पूर्वप्राथमिकदेखि माध्यमिक तहसम्म)
      8. अनौपचारिक शिक्षा (आधारभूत साक्षरता, कार्यमूलक साक्षरता, प्रविधिमा आधारित साक्षरता, खुला तथा वैकल्पिक शिक्षा, निरन्तर शिक्षा, जीवनपर्यन्त सिकाइ)
      9. शिक्षासम्बन्धी समसामयिक जानकारी
    2. बालबालिका र सिकाइ
      1. सिकाइको अवधारणा र यससँग सम्बन्धित पक्षहरू
      2. पूर्व बाल्यावस्थादेखि किशोरावस्थासम्मका बालबालिकाहरूको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकास र सिकाइ
      3. सिकाइका सिद्धान्तहरू (Classical Conditioning, Operant Conditioning, Trial and Error, Insightful Learning)
      4. सिकाइमा वैयक्तिक भिन्नता, विशेष सिकाइ आवश्यकता तथा विशिष्ट क्षमताको पहिचान र सोअनुरूप सिकाइ
      5. बालबालिकाको सिकाइमा प्रभाव पार्ने तत्त्वहरू (पूर्वज्ञान, भाषिक तथा सामाजिक, सांस्कृतिक मूल्य मान्यता र विविधता)
      6. सिकाइमा उत्प्रेरणा बढाउने उपायहरू
    3. सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन
      1. बालमैत्री सिकाइ वातावरण निर्माण
      2. सकारात्मक अनुशासन र आदर्श व्यवहार
      3. रचनात्मक र सक्रिय सिकाइ तथा समूह परिचालन (व्यक्तिगत, जोडी र समूह कार्य)
      4. विपद् व्यवस्थापन र शिक्षा एवम् सिकाइ निरन्तरता
      5. कक्षाकोठाको व्यवस्थापन
      6. कक्षा शिक्षण, बहुकक्षा शिक्षण र विषय शिक्षण
      7. एकीकृत शिक्षण पद्धति
    4. पेसागत विकास र आचारसंहिता
      1. शिक्षक पेसागत विकासका दृष्टिकोण र तरिकाहरू
      2. पेसागत विकासमा निरन्तर सिकाइ, स्वअध्ययन, स्वप्रतिबिम्बन, नवप्रवर्तन र सिर्जनशीलताको विकास
      3. कार्यमूलक अनुसन्धान
      4. शिक्षक पेसागत विकासका विद्यमान व्यवस्था र स्वरूप
      5. पेसागत आचरण, मूल्य मान्यता, उत्तरदायित्व र जिम्मेवारी
      6. असल शिक्षकका गुणहरू
    5. प्रभावकारी सिकाइका लागि सञ्चार, समन्वय र अन्तरसम्बन्ध
      1. खोज, सहकार्य तथा अन्तर्क्रियाका निमित्त प्रभावकारी सञ्चारका उपायहरू
      2. विद्यार्थी, शिक्षक र अभिभावकबिच प्रभावकारी सञ्चार र सहकार्य
      3. शैक्षणिक परामर्श र निर्देशन
      4. शिक्षक तथा शिक्षक पेसागत समूहबिच अनुभव, पृष्ठपोषणको आदानप्रदान, आपसी सहयोग र सहकार्य
      5. सरोकारवाला तथा निकायहरूबिच सहयोग र समन्वय (विद्यालय व्यवस्थापन समिति, गाउँ/नगर शिक्षा समिति, शिक्षक अभिभावक सङ्घ, स्थानीय तह र अन्य सङ्घसंस्था)
      6. कक्षाकोठामा प्रभावकारी सञ्चार (प्रश्न गर्ने सीप, निर्देशन सीप, प्रश्नमार्फत पूर्वज्ञान परीक्षण, प्रश्नमार्फत बुझाइ परीक्षण, सिकाइका निमित्त उपयुक्त प्रश्नको उपयोग)
      7. शिक्षण सिकाइमा पृष्ठपोषण: विद्यार्थीलाई उसको सिकाइ वा कार्यसम्पादनको स्तरबारे जानकारी र सुधारको आधार
    6. शिक्षासम्बन्धी अन्तरसम्बन्धित मुद्दाहरू
      1. गुणस्तरीय शिक्षाका मुख्य आधारहरू
      2. समावेशी शिक्षा, सबैका लागि शिक्षा तथा शिक्षामा समतासम्बन्धी शिक्षाको योजना तथा व्यवस्थापन
      3. बाल अधिकार
      4. बालमैत्री र दण्डरहित शिक्षाको योजना तथा व्यवस्थापन