Note: Action research
Noteकार्यमूलक अनुसन्धान शिक्षकले आफ्नै कक्षाको तत्कालीन समस्या समाधान गर्न गर्ने सानो, व्यावहारिक र चक्रीय अनुसन्धान हो।
- अवधारणा: कुर्ट लेविन (१९४६); शिक्षामा स्टेफन कोरी।
- चक्र: योजना → कार्य → अवलोकन → प्रतिबिम्बन (केमिस र म्याकट्यागर्ट)।
- विशेषता: समस्या केन्द्रित, सहभागितामूलक, तुरुन्त प्रयोग, सामान्यीकरण नहुने।
उदाहरण: कक्षा ७ मा बोल्न डराउने विद्यार्थीका लागि जोडी कुराकानी तीन हप्ता गराएर बोल्नेको सङ्ख्या अभिलेख गर्नु।
अभ्यास प्रश्न: आफ्नो विषयको कुनै समस्यामा कार्यमूलक अनुसन्धानको प्रस्ताव तयार गर्नुहोस्।