Note: School as a learning organisation
Noteसिकाइ सङ्गठनका रूपमा विद्यालय यस्तो विद्यालय हो, जहाँ सबै सदस्य निरन्तर सिक्छन् र परिवर्तनसँग अनुकूलन गर्छन्।
- पिटर सेन्ज (१९९०) का पाँच अनुशासन: व्यक्तिगत निपुणता, मानसिक ढाँचा, साझा दृष्टि, समूह सिकाइ, प्रणालीगत चिन्तन।
- विशेषता: खुला संवाद, सहकार्य, प्रयोग गर्ने स्वतन्त्रता, गल्तीबाट सिक्ने संस्कृति।
- नेतृत्वले सिकाइ संस्कृतिलाई प्रोत्साहन दिनुपर्छ।
उदाहरण: तालिम लिएर आएका शिक्षकले सहकर्मीलाई विद्यालयमै सिकाउने अभ्यास।
अभ्यास प्रश्न: विद्यालयलाई सिकाइ सङ्गठन बनाउने उपाय लेख्नुहोस्।