Skip to content

Study Note: Reading and Comprehension

Note

पठन र बोध

सस्वर पठन मा शुद्ध उच्चारण, उचित गति, यति-गति र भावअनुसार लय आवश्यक हुन्छ; मौन पठन बोध र गतिका लागि। बोध सीपका तह: शाब्दिक (पाठमा प्रत्यक्ष भएको जानकारी), अनुमानात्मक (पाठबाट निकाल्ने निष्कर्ष) र मूल्याङ्कनात्मक (विचार र धारणा)।

सारांश लेखन: मूल पाठ बुझ्ने → मुख्य बुँदा टिप्ने → उदाहरण र दोहोरिएका कुरा हटाउने → आफ्नै भाषामा करिब एक तिहाइमा लेख्ने → शीर्षक दिने।