Model Subjective Paper: Lower Secondary Science (Paper 2)
Noteनमुना प्रश्नपत्र: निम्न माध्यमिक तह विज्ञान (दोस्रो पत्र)
पूर्णाङ्क १०० · समय ३ घण्टा · १० प्रश्न × १० अङ्क।
- संवेग संरक्षणको सिद्धान्त उदाहरणसहित लेखी एउटा गणितीय समस्या हल गर्नुहोस्।
- आर्किमिडिजको सिद्धान्त प्रयोगात्मक रूपमा कसरी देखाउनुहुन्छ? पानीजहाज किन तैरन्छ?
- निकट दृष्टिदोष र दूर दृष्टिदोषका कारण र उपचार चित्रसहित लेख्नुहोस्।
- प्रतिरोधलाई असर गर्ने तत्त्वहरू प्रयोगबाट कसरी पत्ता लगाउनुहुन्छ?
- हरितगृह प्रभाव र ओजोन तह क्षयीकरणबिच भिन्नता लेख्नुहोस्।
- रासायनिक संयोजनका नियम उदाहरणसहित व्याख्या गर्नुहोस्।
- प्रयोगशालामा कार्बन डाइअक्साइड तयार गर्ने विधि चित्रसहित लेख्नुहोस्।
- बिरुवा र जनावर कोषको चित्र कोरी भिन्नता छुट्याउनुहोस्।
- स्वस्थानीय र परस्थानीय संरक्षणका उदाहरण नेपालको सन्दर्भमा लेख्नुहोस्।
- कक्षा ८ मा "विद्युत् परिपथ" पढाउन प्रयोगात्मक पाठयोजना तयार गर्नुहोस्।