Study Note: Society, Culture and Values
Noteसमाज, संस्कृति र मूल्य
संस्कृति समाजले पुस्तौँदेखि सिकेर हस्तान्तरण गरेको जीवनशैली हो: भाषा, धर्म, चाडपर्व, भेषभूषा, खानपान, कला र परम्परा। भौतिक संस्कृति (मन्दिर, गहना, भाँडा) र अभौतिक संस्कृति (विश्वास, मूल्य, भाषा)। चाडपर्व: दसैँ, तिहार, ल्होसार, छठ, उधौली-उभौली, माघी, इद, क्रिसमस।
सामाजिक समस्या: छुवाछूत, बालविवाह, दाइजो, लैङ्गिक भेदभाव, लागूऔषध, मानव बेचबिखन। समाधान: शिक्षा, सचेतना, कानुनको कार्यान्वयन र सामाजिक अभियान।