Skip to content

Official Syllabus: Primary Level Subject Paper (Paper 2)

Syllabus

प्राथमिक तह खुला प्रतियोगितात्मक विषयगत परीक्षाको पाठ्यक्रम, २०७७

शिक्षक सेवा आयोगद्वारा प्रकाशित आधिकारिक पाठ्यक्रम (असार ७, २०७७, सोमबार ०:०)। मूल PDF: 1594534972Primary%20curriculam__7ygtnzt.pdf · सूची: tsc.gov.np/category/79

तह: प्राथमिक · पूर्णाङ्क: १०० · समय: ३ घण्टा · खण्ड क (एकाइ १–५), खण्ड ख (एकाइ ६–१०)

  1. शैक्षणिक योजना र कक्षाकोठा व्यवस्थापन
    1. शैक्षणिक योजना: परिचय, आवश्यकता, निर्माण र प्रयोग (वार्षिक कार्यतालिका, वार्षिक शैक्षिक योजना, एकाइ योजना, दैनिक पाठयोजना र दैनिक कार्यतालिका), कक्षाकोठा व्यवस्थापन (अवधारणा र महत्त्व, कक्षाकोठाको वातावरण र बसाइ व्यवस्थापन)
    2. शैक्षणिक व्यवस्थापन: कक्षा शिक्षण, विषय शिक्षण र बहुकक्षा शिक्षण, कक्षाकोठामा विविधता व्यवस्थापन (भाषिक, सामाजिक, सिकाइ क्षमता, बौद्धिक र शारीरिक)
    3. शैक्षिक सामग्री र शैक्षिक सुधार: शैक्षिक सामग्रीको प्रकार र निर्माण, प्राथमिक तहमा अध्यापन हुने विषयहरूको विषयगत शैक्षिक सामग्री निर्माण र प्रयोग
    4. विद्यालय समुदाय सम्बन्ध: विद्यालयको विकासमा समुदायको सहभागिता र दायित्व, समुदायको विकासमा विद्यालयको योगदान, विद्यालय र समुदायबिच सम्बन्ध
  2. बाल मनोविज्ञान
    1. बालमनोविज्ञान: अर्थ, क्षेत्र, आवश्यकता र महत्त्व
    2. मानव वृद्धि र विकास: वृद्धि र विकासको अवधारणा, मानव विकासका विशेषताहरू र मानव विकासका चरणहरू
    3. पूर्व बाल्यावस्था तथा उत्तर बाल्यावस्था: परिचय, विकासात्मक कार्य, विशेषताहरू, शारीरिक र संवेगात्मक परिवर्तन तथा प्रभाव, रुचिहरू, सङ्कटहरू, विद्यार्थीको सुरक्षित विकासमा शिक्षक र अभिभावकको भूमिका
    4. सिकाइ: अर्थ, स्वरूप र शैलीहरू, परिपक्वता र सिकाइबिच अन्तरसम्बन्ध, स्वप्रतिबिम्बन र सिकाइ, सिकाइमा स्थानान्तरण, स्मरण र विस्मरण, उत्प्रेरणा र सिकाइ
  3. शिक्षण विधि र विद्यार्थी मूल्याङ्कन
    1. शिक्षण विधि: प्राथमिक तहमा अध्यापन हुने विषयहरूको विषयगत शिक्षण विधि (परिचय, विशेषताहरू, शिक्षण विधिको वर्गीकरण र प्रयोग), पाठ्यपुस्तक र शिक्षक निर्देशिकासँग शिक्षण विधिको सम्बन्ध
    2. शैक्षिक प्रविधि: अर्थ, परिभाषा, महत्त्व, वर्तमान अभ्यास, व्यवस्थापन र प्रयोग
    3. परीक्षा र मूल्याङ्कन: परीक्षाको अवधारणा, उद्देश्य, प्रकारहरू, शिक्षक निर्मित परीक्षा र स्तरीकृत परीक्षा, मूल्याङ्कनको अवधारणा, उद्देश्य, प्रकारहरू, साधनहरू र प्राथमिक तहमा प्रयोग हुने मूल्याङ्कनका विधि तथा प्रक्रियाहरू
    4. मूल्याङ्कनका अन्य साधनहरू: अवलोकन, श्रेणीमापन, रुजु सूची, सञ्चित अभिलेख, घटनावृत्त अभिलेख र कार्य सञ्चयिका
  4. नेपाली भाषा शिक्षण
    1. भाषिक सीप शिक्षण: भाषिक सीप (सुनाइ, बोलाइ, पढाइ र लेखाइ) सम्बद्ध शिक्षण सिकाइ क्रियाकलाप र शैक्षिक सामग्रीको प्रयोग, पढाइका तत्त्वहरू (ध्वनि सचेतना, लेख्यवर्ण सचेतीकरण, शब्दभण्डार, पढाइ प्रवाह, बोध र लेखाइ)
    2. नेपाली भाषामा पद्य र गद्यको शिक्षण: परिचय, प्रयोजन, शिक्षण विधि तथा शिक्षण क्रियाकलाप र भाषिक सीप विकासमा विधा शिक्षणको भूमिका
    3. व्याकरण शिक्षण: वर्णविन्यास तथा लेख्य चिह्नको परिचय, प्रयोग, शब्दकोश प्रयोग, शब्दभण्डार र उखान टुक्का, शब्द रचना, वाक्य रचना र वाक्यान्तरण
    4. नेपाली भाषा शिक्षणमा प्रयोग गरिने शिक्षण विधिहरू तथा मूल्याङ्कनका प्रचलित युक्ति तथा साधनहरू
    5. बोध, अभिव्यक्ति र सिर्जनात्मक लेखन: अनुलेखन, श्रुतिलेखन, अनुच्छेद लेखन, बुँदा लेखन, सारांश लेखन, चिठी लेखन, निवेदन, शुभकामना कार्ड, निमन्त्रणा कार्ड, वादविवाद र संवाद लेखन
  5. सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा
    1. सामाजिक अध्ययन: परिचय र महत्त्व, एकीकृत पाठ्यक्रममा मेरो सेरोफेरो र शिक्षण
    2. समाज र संस्कृति: समाज, संस्कृति र मानवीय सम्बन्ध तथा सामाजिक समस्या, कारण र समाधानमा सरकारी र गैरसरकारी निकायहरूको भूमिका
    3. हाम्रो पृथ्वी र भूगोल: पृथ्वीको परिचय र बनोट, विश्व मानचित्रमा नेपालको अवस्थिति, नेपालको भौगोलिक र प्रशासनिक विभाजन
    4. ऐतिहासिक गतिविधि: नेपालको प्राचीनकाल लिच्छवि काल र मल्लकालको सामान्य जानकारी, आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहको योगदान, वि.सं. २००७ सालको क्रान्तिका उपलब्धि, नेपालमा सङ्घीय गणतन्त्रको परिचय र विशेषता
    5. नागरिक सचेतना र मानवमूल्य शिक्षा: नागरिक शिक्षा, नागरिकका मौलिक हक र अधिकार, सामाजिक मूल्य र मान्यताहरू र मूल्यमा आधारित शिक्षा, नेपालको राज्य संरचना (सङ्घ, प्रदेश र स्थानीय निकाय) र स्थानीय तहहरूको गठन प्रक्रिया तथा काम, कर्तव्य र अधिकार
  6. अङ्ग्रेजी भाषा शिक्षण
    1. Teaching Language Skills: Teaching listening, teaching speaking, teaching reading and teaching writing
    2. Teaching Grammar: Auxiliaries, tense, noun, adjective, preposition and article
    3. Comprehension Item Development: Matching, fill in the blanks, multiple choice, short answer question and puzzle box solving
    4. Language Function: Introducing oneself, greeting, expressing needs, expressing experiences, expressing likes and dislikes, describing (people, place and things), requesting and responding
    5. Techniques for English Teaching: Use of text book, preparing lesson plan, using language game, peer work, group work, use of classroom language
  7. गणित शिक्षण
    1. ज्यामिति: समतलीय चित्रहरू त्रिभुज, चतुर्भुज र वृत्तसम्बन्धी ज्ञान तथा समस्या समाधान
    2. अङ्कगणित: अङ्क र सङ्ख्याको ज्ञान, गणितका आधारभूत क्रियाहरू, भिन्न र दशमलव, प्रतिशत, समूहका प्रकार र क्रियाहरू, दूरी, परिमिति, क्षेत्रफल र आयतन, समय, मुद्रा र नापतौल
    3. बीजगणित: बीजगणितीय अभिव्यञ्जकको जोड, घटाउ, गुणन, भाग, सरलीकरण तथा समीकरण
    4. गणित शिक्षणसम्बद्ध विषयहरू: आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रममा गणितको स्थान र शिक्षण, गणित शिक्षण र शिक्षकको पेसागत विकासमा प्रविधिको प्रयोग
  8. विज्ञान तथा प्रविधि शिक्षण
    1. विज्ञान अध्ययन, सूचना तथा सञ्चार प्रविधि: विज्ञान अध्ययनमा खोज, अवलोकन र प्रयोग, लम्बाइ, चौडाइ, पिण्ड र समयको नाप, सूचना तथा सञ्चार प्रविधि, विज्ञान शिक्षणमा सूचना र सञ्चार प्रविधिको प्रयोग
    2. जीव र वातावरण: जीवको वर्गीकरण, जीवलाई असर पार्ने वातावरणीय तत्त्वहरू, जनावरको वर्गीकरण (ढाड भएका र ढाड नभएका), बिरुवाहरूको वर्गीकरण (जमिनमा र पानीमा पाइने, फूल फुल्ने नफुल्ने, एकदलीय र दुईदलीय)
    3. जीवन प्रक्रिया: जनावर र बिरुवाका जीवन प्रक्रिया, बिरुवाका विभिन्न भागहरू र तिनीहरूका कार्य, जनावर र बिरुवामा हुने प्रजनन प्रक्रियाको सामान्य जानकारी
    4. पदार्थ र शक्ति: पदार्थका प्रकार (पानी, हावा र चट्टान), पदार्थका भौतिक गुणहरू, शक्तिका विभिन्न स्वरूपहरू (परिचय, महत्त्व, स्रोतहरू र उपयोगिता)
    5. अन्तरिक्ष: सूर्य र सौर्य परिवार
  9. स्वास्थ्य, शारीरिक शिक्षा तथा सिर्जनात्मक कला
    1. व्यक्तिगत स्वच्छता तथा वातावरणीय सरसफाइ: व्यक्तिगत सरसफाइ, वातावरणीय सरसफाइ, फोहोर व्यवस्थापन तथा कुहिने फोहोरबाट जैविक मल निर्माण
    2. प्राथमिक उपचार: परिचय, महत्त्व, पारिवारिक र सामुदायिक स्वास्थ्य सेवा, घर, विद्यालय र खेल मैदानमा हुने दुर्घटना, प्राथमिक उपचार तथा दुर्घटनाबाट बच्ने उपायहरू, धूमपान, मद्यपान र लागू पदार्थको दुर्व्यसनबाट व्यक्ति, परिवार र समाजलाई पर्ने असर र यसबाट बच्ने उपाय
    3. शारीरिक शिक्षाका आधारभूत सीपहरू: गतिशील अवस्थाका सीपहरू (दौड, रिलेखेल, हाइजम्प, लङजम्प आदि), स्थिर अवस्थाका सीपहरू, साधारण तथा स्थानीय खेलहरू, कवाज र शारीरिक व्यायाम, योग, योगासन र योगाभ्यास
    4. सिर्जनात्मक कला: परिचय र महत्त्व, एकीकृत पाठ्यक्रममा सिर्जनात्मक कलाको समावेशीकरण, दृश्यकला र सङ्गीत कलाभित्र पर्ने विषयवस्तुहरूको सामान्य परिचय र उद्देश्य, विषयवस्तु र पाठ्यभार
  10. भाषा / पाठ्यक्रम
    1. पाठ्यक्रम: अर्थ, परिभाषा, महत्त्व, तत्त्वहरू, पाठ्यक्रम निर्माणका आधारहरू र प्राथमिक तहको वर्तमान पाठ्यक्रम संरचना
    2. स्थानीय पाठ्यक्रम: परिचय, महत्त्व र विद्यालय तहमा स्थानीय पाठ्यक्रमसम्बन्धमा भएको व्यवस्था
    3. स्थानीय पाठ्यक्रम निर्माणका प्रक्रिया र प्रयोग
    4. स्थानीय पाठ्यक्रम कार्यान्वयन र सिकाइमा प्रभाव पार्ने तत्त्वहरू: जनशक्ति व्यवस्थापन, पाठ्यपुस्तक व्यवस्था, बहुभाषी समाज र भाषिक विविधता
    5. नेपालमा मातृभाषा तथा स्थानीय भाषासम्बन्धमा भएका नीतिगत प्रयास: संवैधानिक व्यवस्था, कानुनी र संरचनागत व्यवस्था