Official Syllabus: Secondary Level Office Operation and Accounting (Paper 2)
Syllabusमाध्यमिक तह कार्यालय संचालन तथा लेखा विषयको विषयगत पाठ्यक्रम
शिक्षक सेवा आयोगद्वारा प्रकाशित आधिकारिक पाठ्यक्रम (फागुन ११, २०७६, सोमबार ०:०)। मूल PDF: 1584282366Account%2012-02%20_yqz3dac.pdf · सूची: tsc.gov.np/category/79
विषय: कार्यालय सञ्चालन तथा लेखा · पूर्णाङ्क: १०० · समय: ३ घण्टा · खण्ड क (१–५) शिक्षण विधि, खण्ड ख (६–१०) संज्ञानात्मक; परीक्षाको माध्यम नेपाली वा अङ्ग्रेजी वा दुवै; पाठ्यक्रम २०७६/१२/०२ देखि लागु।
- कार्यालय व्यवस्थापन तथा व्यवस्थापनका आधारभूत ज्ञानसम्बन्धी शिक्षण
- कार्यालय व्यवस्थापन: परिचय, महत्त्व, कार्यहरू र व्यावसायिक चिठ्ठीहरू
- व्यवसाय र व्यावसायिक सङ्गठन: परिचय, किसिम, दर्ता र नवीकरण र संयुक्त पूँजी कम्पनी लिमिटेडको साधारण सभा सञ्चालन विधि, सामाजिक उत्तरदायित्व
- सहकारी सङ्गठन: परिचय, आधारभूत सिद्धान्तहरू, नेपालमा सहकारिताको अभ्यास, सम्भाव्यता र चुनौतीहरू, सहकारी सङ्गठन र व्यावसायिक सङ्गठनबिच भिन्नताहरू, सहकारीमा लेखाङ्कन विधि र राष्ट्रिय सहकारी विकास समितिको काम, कर्तव्य र अधिकार
- व्यवस्थापन: परिचय, आवश्यकता र किसिम (वैज्ञानिक, प्रशासकीय, कर्मचारी र सहभागितामूलक व्यवस्थापन र सिद्धान्त, सांयोगिक व्यवस्थापन) र कार्यहरू
- उत्प्रेरणा: परिचय, आवश्यकता र किसिम, मास्लोको आवश्यकताको सिद्धान्त, हर्जबर्गको दुई तत्त्वहरूको सिद्धान्त, द्वन्द्व व्यवस्थापन र यसका नवीन अवधारणाहरू
- लेखाशास्त्र शिक्षण
- वित्तीय लेखाशास्त्र: परिचय, लेखा प्रणाली चक्र, सिद्धान्त, मान्यता, खाताको किसिम, डेबिट र क्रेडिटका नियमहरू, एकोहोरो र दोहोरो लेखा प्रणालीका उद्देश्य र विशेषता, नगद कारोबार, बैंक हिसाब मिलान विवरण
- ह्रास: परिचय, किसिम, प्रयोग, पूँजीगत र आयगत आम्दानी, पूँजीगत र आयगत खर्चबिच भिन्नता
- मौज्दात (Inventory): परिचय, तह, खाताका विधिहरू
- इकाइ उत्पादन लागत: परिचय, लागतमा प्रभाव, टेन्डर लागत विवरण, वित्तीय लेखा र लागत लेखाबिच भिन्नता
- गैरनाफामूलक संस्थाका लेखा: आम्दानी र खर्च खाता, प्राप्ति र भुक्तानी खाता र वासलात
- सरकारी स्रेस्ता प्रणाली शिक्षण
- सरकारी स्रेस्ता: परिचय, उद्देश्य, विशेषता, महालेखा परीक्षक, कोष तथा लेखा नियन्त्रक कार्यालय, आन्तरिक तथा अन्तिम लेखापरीक्षण र प्रतिवेदन, नेपाल लेखापरीक्षण मानहरू
- गोश्वारा भौचर: परिचय, प्रकार र प्रयोग
- बैंक नगदी किताब र बजेट हिसाब: परिचय, समाविष्ट खाता, कारोबार प्रविष्टि अभ्यास, बजेट हिसाब खण्ड र प्रयोग
- सानो नगदी पुस्तिका र मास्केवारी: परिचय, प्रकार र प्रयोग
- सरकारी लेखा प्रणाली: परिचय, संक्षिप्त विकासक्रम, कम्प्युटरमा आधारित सरकारी लेखा प्रणाली, एकल खाता प्रणाली र स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली
- वित्तशास्त्र शिक्षण
- वित्तीय शास्त्र: परिचय, लगानी, वित्तीय तरलता, अर्थशास्त्र र लेखाशास्त्रसँगको सम्बन्ध, वित्तका स्रोतहरू र व्यावसायिक संस्थाहरू
- वित्तीय बजार: परिचय, प्रकार, वित्तीय मध्यस्थकर्ता, बचत संस्थाहरू, बीमा र प्रकार, कार्यान्वयन प्रक्रिया र जोखिम व्यवस्थापन
- बैंक तथा वित्तीय संस्थाहरू: केन्द्रीय बैंक, वाणिज्य बैंक, विकास बैंक र अन्य बैंकहरूबिच सम्बन्ध, सञ्चयकोष, वित्तीय संस्था तथा लघुवित्त संस्थाहरू
- वित्तीय सम्पत्ति: परिचय र साधनहरू
- ब्याजदर: सामान्य/अङ्कित ब्याजदर, वास्तविक ब्याजदर, जोखिमरहित ब्याजदर र ब्याजदरले पार्ने प्रभाव
- माध्यमिक तहको कार्यालय सञ्चालन तथा लेखाको पाठ्यक्रम अध्ययन
- पाठ्यक्रम र पाठ्यपुस्तक: कक्षा ९–१२ को पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकाबिच अन्तरसम्बन्ध
- शिक्षण सामग्री: शिक्षण सामग्री र पूरक सामग्रीको सङ्कलन, विकास र प्रयोग
- परीक्षण र मूल्याङ्कन: कार्यालय सञ्चालन तथा लेखा शिक्षणमा परीक्षण, मूल्याङ्कन विशिष्टीकरण तालिका र प्रयोग
- मूल्याङ्कन: निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली, विद्यार्थी मूल्याङ्कनमा स्तर निर्धारण पद्धति
- कार्यालय सञ्चालन तथा लेखा शिक्षण: शिक्षण विधि, रणनीति र योजना
- योजना र बजेट
- पूँजीगत बजेट: परिचय, लगानी आयोजनाका किसिम, नगद प्रवाहका किसिम, अनुमान, आयोजना छनोट मूल्याङ्कन विधि, पूँजीगत बजेटमा जोखिम
- स्थिर र परिवर्तनशील बजेट: परिचय, भिन्नता, कार्यगत आधारमा स्थिर बजेटका किसिम, अनुमानित आय विवरण र मूल बजेटिङ
- शून्यमा आधारित बजेट: परिचय, तर्जुमा, कार्यान्वयन, नियन्त्रणमा जिम्मेवारी र जवाफदेहिता
- कर योजना: परिचय, कर योजना, भुक्तानीका आधार, वर्गीकरण, उद्देश्य, सिद्धान्त, कर छली र प्रभाव र मूल्य अभिवृद्धि कर
- रणनैतिक व्यवस्थापन: परिचय, आवश्यकता र तत्त्वहरू
- लागत लेखा
- लागत लेखा: परिचय, प्रभाव पार्ने तत्त्वहरू, लागत विधिहरू, लागतको वर्गीकरण, कार्य आदेश लागत विधि, भिन्नताहरू र सेवा लागत विधि
- अन्तरप्रक्रिया लागत: परिचय, अन्तरप्रक्रिया लागत, लागत कटौती र लागत नियन्त्रण
- श्रम लागत: परिचय, नियन्त्रण गर्नुको आवश्यकता, ज्याला भुक्तानीका किसिम र यीबिच भिन्नता र टेलरको भिन्न प्रति इकाइ ज्याला प्रणाली
- अप्रत्यक्ष लागत: परिचय, विभाजन, विधिहरू र व्यवस्थापकीय निर्णयमा पार्ने प्रभाव
- मान लागत: परिचय, वास्तविक लागत र मान लागतबिच भिन्नता र लागतको विचलन
- कम्पनी लेखाङ्कन
- कम्पनी र पूँजी: कम्पनीको प्रबन्धपत्र, विवरणपत्र, पूँजीका किसिम, कम्पनीको पूँजी सङ्कलनमा प्रयोग हुने वित्तीय साधनहरू
- अंश पूँजी (Share Capital): परिचय, अंश पूँजीका प्रकार, निष्कासन, पुनः निष्कासन र लेखाङ्कन, अंश तथा ऋणपत्रका भिन्नताहरू
- ऋण पूँजी: परिचय, ऋणपत्र, ऋणपत्रका निष्कासन, प्रकार, ऋणपत्रको परिवर्तन, फिर्ता गर्ने तरिकाहरू र लेखाङ्कन
- कोष र व्यवस्था: परिचय, कोष र व्यवस्थाबिच भिन्नता
- मूल कम्पनी र सहायक कम्पनी: परिचय, सम्बन्ध, कम्पनीको एकीकरण, वासलात र वासलात तयार गर्दा पुरा गर्नुपर्ने चरणहरू
- बजारशास्त्र र व्यापार
- बजारशास्त्र: परिचय, सम्मिश्रण, सम्मिश्रणका तत्त्वहरू र बजार खण्डीकरण
- ग्राहक: परिचय, सन्तुष्टि र सम्बन्ध
- व्यापार: परिचय, किसिम, व्यापार सन्तुलन, भुक्तानी सन्तुलन र भुक्तानीका साधनहरू
- अन्तर्राष्ट्रिय व्यापार सङ्गठन: परिचय, विश्व व्यापार सङ्गठन र दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र
- विद्युतीय वाणिज्य: परिचय, आन्तरिक तथा बाह्य विद्युतीय व्यापार/कारोबार
- व्यवस्थापन लेखा
- व्यवस्थापन लेखा: परिचय, क्षेत्र, सूचनाको स्रोत र प्रयोगकर्ताहरू
- आय विवरण निर्माण: पूर्णलागत आय विवरण र परिवर्तनशील लागतको आय विवरण दुईबीचको भिन्नता र कारणहरू
- लागत परिमाण मुनाफा विश्लेषण: परिचय, समविन्दु विश्लेषण, योगदानको सीमा, लागतमा हुने परिवर्तनले लागत परिमाण समविन्दुमा पार्ने प्रभाव
- नेपाल एकाउन्टिङ प्रमाप/मान: नेपाल र अन्तर्राष्ट्रिय लेखामानको विकासक्रम, उद्देश्य, महत्त्व, नेपाल लेखामानको गठन, काम र कर्तव्य, नेपालको लेखामान र अन्तर्राष्ट्रिय लेखामानसँगको सम्बन्ध
- निर्णय प्रक्रिया: परिचय, प्रक्रिया, विधि र निर्णय प्रक्रियाले पार्ने प्रभाव