Study Note: Economics of Development and Education
Noteविकास र शिक्षाको अर्थशास्त्र
आर्थिक वृद्धि उत्पादनको परिमाणात्मक वृद्धि हो; आर्थिक विकास संरचनात्मक परिवर्तन, गरिबी न्यूनीकरण र जीवनस्तर सुधारसहितको गुणात्मक परिवर्तन। सूचक: प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क, गरिबी दर, साक्षरता, आयु। सिद्धान्त: रोस्टोका वृद्धिका पाँच चरण, लुइसको दोहोरो अर्थतन्त्र, ठुलो धक्का (रोजेन्स्टिन-रोडान)।
शिक्षाको अर्थशास्त्र: शिक्षालाई उपभोग मात्र नभई मानव पुँजी मा लगानी मानिन्छ (थियोडोर सुल्ज, ग्यारी बेकर)। शिक्षाबाट उत्पादकत्व, आय र सामाजिक लाभ बढ्छ। लागत-लाभ विश्लेषण, प्रतिफल दर, शैक्षिक योजना र शैक्षिक वित्त (सरकारी लगानी, शुल्क, अनुदान) यसका विषय हुन्।