Skip to content

Official Syllabus: Secondary Level Education (Paper 2)

Syllabus

माध्यमिक तह शिक्षा शिक्षण विषयको विषयगत पाठ्यक्रम

शिक्षक सेवा आयोगद्वारा प्रकाशित आधिकारिक पाठ्यक्रम (जेठ ४, २०७७, सोमबार ०:०)। मूल PDF: 1591523202Education%20Curr_pkrzqfi.pdf · सूची: tsc.gov.np/category/79

विषय: शिक्षा शिक्षण · पूर्णाङ्क: १०० · समय: ३ घण्टा · खण्ड क (एकाइ १–५), खण्ड ख (एकाइ ६–१०)

  1. शिक्षा र सामाजिकीकरण
    1. शिक्षा: अवधारणा, कार्य, स्वरूप, लक्ष्य, उद्देश्य र शिक्षाका वैकल्पिक उपागम
    2. शिक्षा र समाज: समाजको अवधारणा, शिक्षा र सामाजिक न्याय, समाज परिवर्तन र शिक्षा
    3. शिक्षामा समाजशास्त्रीय उपागम र विश्लेषण
    4. सामाजिकीकरण: अवधारणा, प्रकार, शिक्षा र सामाजिकीकरण
    5. सामाजिक अन्तरक्रिया: अर्थ, स्वरूप र ढाँचा
    6. विद्यालय र सामाजिकीकरण प्रक्रिया: उपागम, विद्यालयको सामाजिक परिवेश, शिक्षक तथा विद्यार्थीको सामाजिक पृष्ठभूमि र व्यवहार
  2. शिक्षा र दर्शन
    1. दर्शन: अर्थ, प्रकार, उद्देश्य, क्षेत्र, कार्य, शिक्षा र दर्शनबिच सम्बन्ध
    2. पूर्वीय दर्शन: अवधारणा, वैदिक दर्शन र नेपालमा प्रादुर्भाव भएका दर्शन (शैव, साङ्ख्य र बौद्ध दर्शन) को उद्देश्य, दार्शनिक आधार, शैक्षिक प्रक्रिया, पाठ्यक्रम र शैक्षिक प्रयोजन
    3. पाश्चात्य दर्शन: अवधारणा, प्रकार (आदर्शवाद, यथार्थवाद, प्रकृतिवाद, प्रयोजनवाद, आधुनिकवाद र उत्तरआधुनिकवाद), दर्शनका आधार, उद्देश्य, शैक्षिक प्रक्रिया, पाठ्यक्रम र शैक्षिक प्रयोजन
    4. पूर्वीय र पाश्चात्य दर्शनको तुलनात्मक अध्ययन र शिक्षामा योगदान
  3. शैक्षणिक योजना र कक्षाकोठा व्यवस्थापन
    1. शैक्षणिक योजना: परिचय, आवश्यकता, निर्माण र प्रयोग
    2. शैक्षणिक योजनाका प्रकार: अवधारणा, प्रकार (वार्षिक कार्यतालिका, वार्षिक शैक्षणिक योजना, एकाइ योजना, दैनिक पाठयोजना र दैनिक कार्यतालिका), महत्त्व र प्रयोग
    3. शिक्षण सामग्री: प्रकार, छनोट, निर्माण, प्रयोग र संरक्षण
    4. विद्यालयको शैक्षणिक पक्ष सुधारका अवयव र सरोकारवालाहरूको भूमिका
    5. कक्षाकोठा व्यवस्थापन: अवधारणा, आवश्यकता, क्षेत्र र मनोवैज्ञानिक एवं विविधता व्यवस्थापन
  4. शिक्षण विधि र शैक्षणिक प्रविधि
    1. शिक्षण विधि: परिचय, विशेषता, शिक्षण विधिको वर्गीकरण/प्रकार, रणनीति, प्रयोग, अनलाइन र अफलाइन शिक्षण
    2. प्रभावकारी शिक्षणका सीप
    3. शैक्षणिक प्रविधि: अर्थ, महत्त्व, शिक्षणमा शैक्षणिक प्रविधिको प्रयोग
    4. शिक्षण सिकाइमा सूचना प्रविधि: प्रयोग, उपयोगिता र प्रविधिमा आधारित शिक्षणका रणनीति
    5. शिक्षण सिकाइमा प्रयोग हुने प्रविधि: छनोट, संरक्षण र प्रयोगका चुनौती
  5. पाठ्यक्रम र पाठ्यपुस्तक
    1. पाठ्यक्रम: अर्थ, परिभाषा, तत्त्व, विकासका सिद्धान्त र व्यावहारिक प्रयोग
    2. पाठ्यक्रमको ढाँचा: अवधारणा, आवश्यकता, पाठ्यक्रमको प्रकृति (विषयकेन्द्रित, क्रियाकलापकेन्द्रित, समस्याकेन्द्रित, लुप्त (Hidden) र स्थानीय पाठ्यक्रम), प्रयोग र अभ्यास
    3. पाठ्यक्रम संरचना: आवश्यकता र महत्त्व, नेपालको विद्यालय तहको पाठ्यक्रमको संरचना र राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६
    4. पाठ्यक्रम निर्माण: पाठ्यक्रम निर्माणका प्रक्रिया, पाठ्यक्रम निर्माणमा प्रभाव पार्ने तत्त्व, नेपालको विद्यालय तहको पाठ्यक्रम निर्माण प्रक्रिया
    5. पाठ्यपुस्तक र शिक्षक निर्देशिका: अवधारणा, महत्त्व, विकास र वितरण, पाठ्यपुस्तकको गुणस्तरीयता, नेपालको सन्दर्भमा पाठ्यपुस्तकसम्बन्धी मुद्दा र चुनौती
  6. मूल्याङ्कन र परीक्षा
    1. मूल्याङ्कन र परीक्षा: अर्थ, प्रयोग, भिन्नता, अन्तरसम्बन्ध, मूल्याङ्कनका साधन, शिक्षक निर्मित परीक्षा र स्तरीकृत परीक्षा
    2. मूल्याङ्कन: अवधारणा, उद्देश्य, प्रकार, प्रयोग, निरन्तर विद्यार्थी मूल्याङ्कनको वर्तमान अवस्था र चुनौती
    3. परीक्षाफल विश्लेषण: पद विश्लेषण (Item Analysis) (प्रश्नको कठिनाइ स्तर, विविधिकरण सूचक र विकर्षकहरूको प्रभावकारिता), उपलब्धि परीक्षण, शास्त्रीय तथा आधुनिक परीक्षणका सिद्धान्त, असल परीक्षणका गुण र प्रयोजन
    4. उपलब्धिको तथ्याङ्कीय विश्लेषण: तथ्याङ्कको सङ्कलन, सङ्गठन, विश्लेषण र प्रस्तुतीकरण, केन्द्रीय प्रवृत्तिको मापन र विचरणशीलताको मापन र शैक्षिक प्रयोजन
  7. शिक्षा मनोविज्ञान
    1. शिक्षा मनोविज्ञान: अर्थ, क्षेत्र, आवश्यकता र महत्त्व
    2. मानव विकास: वृद्धि र विकासको अवधारणा, मानव विकासका सिद्धान्त, विशेषता, चरण, परिपक्वता र सिकाइबिच अन्तरसम्बन्ध
    3. किशोरावस्था: परिचय, विशेषता, विकासात्मक कार्य, शारीरिक र संवेगात्मक परिवर्तन, किशोरावस्थाका रुचिहरू, सङ्कट, विद्यार्थीको सिकाइमा शिक्षक र अभिभावकको भूमिका
    4. सिकाइ सिद्धान्त: अर्थ, स्वरूप र शैली, विशेषता र शैक्षिक उपयोग, सिकाइ सिद्धान्तका प्रकार (व्यवहारवादी, संज्ञानात्मक र रचनात्मक)
    5. सिकाइमा प्रभाव पार्ने तत्त्व: प्रारम्भिक व्यवहार, सिकाइ स्थानान्तरण, स्मरण र विस्मरण, उत्प्रेरणा, अभ्यास र पुनर्बल
  8. नेपालमा शिक्षा
    1. नेपालको शैक्षिक विकासक्रम
    2. शिक्षा आयोगका प्रतिवेदन: सिफारिस र कार्यान्वयन अवस्था
    3. शिक्षा विकासका निम्ति भएका नीतिगत व्यवस्था
    4. वर्तमानमा कार्यान्वयनमा रहेका शिक्षासम्बद्ध आयोजना तथा परियोजना
    5. सङ्घीय शासन प्रणाली र शिक्षा
  9. समकालीन शैक्षिक मुद्दा
    1. पहुँच, समता, गुणस्तर, अनिवार्य र निःशुल्क शिक्षा
    2. शिक्षामा आधुनिक प्रवृत्ति: नागरिक शिक्षा, शान्ति शिक्षा, मानव अधिकार र शिक्षा, मानव संसाधन विकास र शिक्षा, राष्ट्रिय एकताका लागि शिक्षा, आपत्कालीन अवस्थामा शिक्षा, शिक्षाका वैकल्पिक उपागम, शिक्षाको माध्यम भाषा र शिक्षामा परामर्श
    3. शिक्षक शिक्षा: शिक्षक तयारी, शिक्षक छनोट र नियुक्ति, वृत्तिविकास, शिक्षकका गुण
    4. विद्यालय सुशासन र व्यवस्थापन, समय व्यवस्थापन, द्वन्द्व व्यवस्थापन र तनाव व्यवस्थापन
    5. शिक्षामा लगानी
  10. शैक्षिक अनुसन्धान
    1. शैक्षिक अनुसन्धान: अर्थ, उद्देश्य, महत्त्व र प्रकार
    2. प्रस्तावना लेखन: परिचय, अनुसन्धान प्रस्तावनाको आवश्यकता, परिचय खण्ड, साहित्यको पुनरावलोकन खण्ड, अनुसन्धान विधि, समय तालिका, लागत तालिका र सन्दर्भसूची
    3. अनुसन्धान ढाँचा: गुणात्मक (Qualitative), सङ्ख्यात्मक (Quantitative), मिश्रित (Mixed)
    4. अनुसन्धान प्रक्रियाका चरण: समस्याको पहिचान, साहित्यको अध्ययन, उद्देश्य, विधि, तथ्याङ्क सङ्कलन, सङ्गठन, विश्लेषण एवं व्याख्या, प्राप्ति र सुझाव
    5. अनुसन्धान प्रतिवेदन लेखन