Skip to content

Official Syllabus: Secondary Level Health Education (Paper 2)

Syllabus

माध्यमिक तह, तृतीय श्रेणी, स्वस्थ्य शिक्षा विषयको पाठयक्रम २०७९

शिक्षक सेवा आयोगद्वारा प्रकाशित आधिकारिक पाठ्यक्रम। मूल PDF: health%20and%20education%20cirruculum%202079%20TSC_ftpjrw3.pdf · सूची: tsc.gov.np/category/79

विषय: स्वास्थ्य शिक्षा · पूर्णाङ्क: १०० · समय: ३ घण्टा · खण्ड क (१–५) शिक्षण विधिसम्बन्धी, खण्ड ख (६–१०) सैद्धान्तिक; माध्यम नेपाली वा अङ्ग्रेजी वा दुवै; स्वीकृत २०७९/०९/२०, सोही मितिदेखि लागु।

  1. स्वास्थ्य शिक्षा शिक्षण
    1. स्वास्थ्य शिक्षा: अवधारणा, महत्त्व र आवश्यकता
    2. स्वास्थ्य शिक्षाका सिद्धान्त र आधारहरू
    3. विद्यालय शिक्षामा स्वास्थ्य शिक्षाको स्थिति
    4. माध्यमिक तहको स्वास्थ्य र शारीरिक शिक्षाको पाठ्यक्रम तथा पाठ्यपुस्तकको पुनरावलोकन र विश्लेषण
    5. स्वास्थ्य शिक्षामा शिक्षण विधिहरू: शिक्षककेन्द्रित, विद्यार्थीकेन्द्रित, प्रविधिकेन्द्रित
    6. स्वास्थ्य शिक्षामा मूल्याङ्कन
  2. विद्यालय स्वास्थ्य कार्यक्रम
    1. विद्यालय स्वास्थ्य कार्यक्रमको परिचय, ऐतिहासिक विकासक्रम र महत्त्व
    2. विद्यालय स्वास्थ्य कार्यक्रमका आधुनिक उपागमहरू
    3. स्वास्थ्य प्रवर्धनात्मक विद्यालय (Health Promoting School): सिद्धान्त र तत्त्वहरू
    4. विद्यालय नर्स कार्यक्रमको परिचय र महत्त्व
    5. दिवा खाजा कार्यक्रमको परिचय र महत्त्व
    6. नेपालमा विद्यालय स्वास्थ्यसम्बन्धी नीति तथा कार्यक्रमहरू
  3. सुरक्षा तथा प्राथमिक उपचार
    1. सुरक्षा शिक्षाको अवधारणा र महत्त्व
    2. घर, सडक, विद्यालय र खेलस्थलमा सुरक्षा
    3. प्राथमिक उपचारको परिचय र प्राथमिक उपचारकका गुणहरू
    4. विभिन्न दुर्घटनाहरू (बेहोस हुनु, मर्किनु, काट्नु तथा रगत बग्नु, हाड भाँचिनु, पानीमा डुब्नु, सर्पले डस्नु, हिउँले खानु, लू लाग्नु) को प्राथमिक उपचारसम्बन्धी शिक्षण
    5. प्राथमिक उपचार बाकस, ब्यान्डेज, कामो र स्ट्रेचरको निर्माण र प्रयोग
  4. स्वस्थ जीवनशैली, खेल र योग
    1. स्वस्थ जीवनशैलीको अवधारणा, महत्त्व र मूल्याङ्कन
    2. स्वस्थकर जीवनशैली अपनाउन बाधक तत्त्वहरू
    3. शारीरिक क्रियाकलाप, शारीरिक निष्क्रियता र स्वास्थ्य
    4. शारीरिक तन्दुरुस्ती: परिचय, प्रकार र अभ्यास
    5. स्वास्थ्य प्रवर्धनका लागि खेलकुद र योग
    6. स्वस्थ जीवनशैली, खेल र योग शिक्षण गर्ने आधारभूत तरिकाहरू (प्रदर्शन, अभ्यास, परियोजना कार्य)
  5. रोग
    1. स्वास्थ्य तथा रोग निर्धारक तत्त्व
    2. सरुवा रोग चक्र
    3. सरुवा रोगहरू: परिचय, कारण, लक्षण र रोकथामका उपायहरू (पानीबाट, किराबाट, हावाबाट, यौन सम्पर्कबाट, सुई, रगत र अङ्ग प्रत्यारोपणबाट, जनावरको टोकाइबाट सर्ने र अन्य सरुवा रोगहरू)
    4. नसर्ने रोगहरू: परिचय, कारण, लक्षण र रोकथामका उपायहरू (मुटु रोगहरू, क्यान्सर, मधुमेह, दम, पत्थरी, थाइराइडसम्बन्धी रोगहरू)
    5. रोग शिक्षण गर्दा प्रयोग हुने प्रमुख विधिहरू: अनुभव सुनाउने, भूमिका प्रदर्शन, समूह छलफल, बौद्धिक विमर्श, समस्या समाधान, स्थलगत अध्ययन, आगमन, निगमन
  6. मानव शरीर विज्ञान
    1. प्राणीकोषको संरचना, विभाजन तथा कार्यहरू
    2. तन्तुको बनावट र कार्यहरू
    3. ज्ञानेन्द्रियलगायत अन्य प्रमुख अङ्गहरूका संरचना, कार्य र हेरचाह
    4. मानव शरीरका प्रणालीहरू: संरचना र कार्य (अस्थिपञ्जर, मांसपेशी, पाचन, रक्तसञ्चार, श्वासप्रश्वास, लसिका, उत्सर्जन, स्नायु, अन्तःस्राव र प्रजनन प्रणाली)
  7. पोषण
    1. पोषण र पोषक तत्त्वको अवधारणा
    2. नेपालमा पोषणको अवस्था र खाद्य सुरक्षाको स्थिति
    3. स्वास्थ्य र पोषणबिचको अन्तरसम्बन्ध
    4. पोषक तत्त्वको प्रकार, स्रोत र कार्य
    5. सन्तुलित भोजनको परिचय र छनोट
    6. पोषक तत्त्वको कमीले लाग्ने रोगहरू: लक्षण र रोकथामका उपायहरू
    7. जङ्कफुड: परिचय, बढ्दो प्रयोग, स्वास्थ्यलाई हानि र सुरक्षा
    8. खाद्य मिसावट र कमसल खाद्य पदार्थको सेवनबाट सुरक्षा
  8. व्यक्तिगत तथा वातावरणीय सरसफाइ
    1. व्यक्तिगत, पारिवारिक तथा सामुदायिक सरसफाइको अवधारणा
    2. वातावरणीय स्वास्थ्य तथा सरसफाइको अर्थ र क्षेत्र
    3. वातावरणीय सरसफाइका अवरोधक र व्यवस्थापन (ठोस फोहोरमैला: जैविक र अजैविक, मानव मलमूत्र, रासायनिक फोहोर व्यवस्थापन)
    4. सरसफाइमा व्यक्तिगत, घरेलु र सामूहिक जिम्मेवारी
    5. वातावरणीय सरसफाइ गुरुयोजना (२०६८)
    6. नेपालमा सरसफाइसम्बन्धी रणनीति र कार्यक्रम
    7. वातावरणीय स्वास्थ्य र सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय प्रयास
    8. वातावरणीय स्वास्थ्य र सरसफाइका लागि व्यक्तिगत तथा सामुदायिक शिक्षाको आवश्यकता
  9. मानसिक स्वास्थ्य
    1. मानसिक स्वास्थ्यको अवधारणा
    2. मानसिक स्वास्थ्यको महत्त्व
    3. मानसिक स्वस्थ व्यक्तिका विशेषताहरू
    4. मानसिक अस्वस्थताका कारणहरू
    5. मानसिक रोग र यसका प्रकारहरू
    6. मानसिक रोग रोकथाम तथा मानसिक रोगीको व्यवस्थापन
    7. मनोविकृत व्यक्तित्व
    8. बौद्धिक अपाङ्गता र पुनर्स्थापना
  10. यौनिक तथा प्रजनन स्वास्थ्य
    1. किशोरावस्था: परिचय, परिवर्तन र आवश्यकताहरू
    2. यौनिक तथा प्रजनन स्वास्थ्यको परिचय र महत्त्व
    3. बृहत् यौनिकता शिक्षा (Comprehensive Sexuality Education): परिचय र महत्त्व
    4. बृहत् यौनिकता शिक्षाका प्रमुख अवधारणाहरू: सम्बन्ध; मूल्य, अधिकार, संस्कृति र यौनिकता; लैङ्गिकताको बुझाइ; हिंसा र सुरक्षित रहनु; स्वास्थ्य र निरोगिताका लागि सीपहरू; मानव शरीर र विकास; यौनिकता र यौनिक व्यवहार; यौनिक तथा प्रजनन स्वास्थ्य