Official Syllabus: Secondary Level Health and Physical Education (Paper 2)
Syllabusमाध्यमिक तह स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको विषयगत पाठ्यक्रम
शिक्षक सेवा आयोगद्वारा प्रकाशित आधिकारिक पाठ्यक्रम (जेठ ४, २०७७, सोमबार ०:०)। मूल PDF: 1594534717HPE%20curriculum%202-25%20at%202_yutqwcn.pdf · सूची: tsc.gov.np/category/79
विषय: स्वास्थ्य तथा शारीरिक शिक्षा · पूर्णाङ्क: १०० · समय: ३ घण्टा · खण्ड क (एकाइ १–५), खण्ड ख (एकाइ ६–१०)
- स्वास्थ्य शिक्षा शिक्षण
- स्वास्थ्य शिक्षा: अवधारणा, महत्त्व, उद्देश्य र व्यावहारिक प्रयोग
- स्वास्थ्य शिक्षा र स्वस्थ जीवन: अन्तरसम्बन्ध, स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन रणनीति, व्यक्ति र समुदायको स्वास्थ्य जीवनको लेखाजोखा
- मानसिक स्वास्थ्य: परिचय र विशेषता, प्रकारहरू, मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या (लागू औषधीको दुर्व्यसनसमेत), रोकथाम र नेपालको अवस्था
- स्वास्थ्य र सरसफाइ: आवश्यकता र महत्त्व, व्यक्तिगत र वातावरणीय सरसफाइ प्रवर्धन, विद्यालय स्वास्थ्य तथा सरसफाइ
- स्वास्थ्य शिक्षाको दार्शनिक आधारहरू र नेपालको सन्दर्भमा स्वास्थ्य शिक्षा शिक्षण
- मानव शरीर र जीवन प्रक्रिया शिक्षण
- मानव शरीर: परिचय, महत्त्व, बनोट, शरीरका अङ्ग र कार्यहरू
- जीवन प्रक्रिया: अवधारणा र महत्त्व, मानव शरीर प्रणाली, एनाटोमी तथा फिजियोलोजी
- मानव जीवन विकासक्रम: गर्भावस्थादेखि मृत्युपर्यन्तसम्म
- यौन तथा प्रजनन स्वास्थ्य: यौन तथा यौनिकता, प्रजनन स्वास्थ्यका अवयवहरू र प्रजनन अधिकार
- वंशाणु, वातावरण र मानव जीवनबिच अन्तरसम्बन्ध
- शारीरिक शिक्षा शिक्षण
- शारीरिक शिक्षा: परिचय, उद्देश्य, महत्त्व र कार्यहरू
- शारीरिक शिक्षाका आधारहरू: जैविक, मनोवैज्ञानिक, सामाजिक र दार्शनिक
- शारीरिक शिक्षाको विकासक्रम
- खेल मनोविज्ञान: परिचय, महत्त्व, प्रकार र क्षेत्रहरू, उत्तेजना र उत्प्रेरणा
- शारीरिक शिक्षा, खेलकुद अध्ययन र व्यवस्थापन
- खेल चिकित्सा, योग र जीवनशैली शिक्षण
- खेल चिकित्सा: परिचय, महत्त्व र विशेषताहरू
- डोपिङ परीक्षण: महत्त्व, आवश्यकता र वर्तमान अवस्था
- चोटपटक: कारण र रोकथामका उपायहरू
- खेल र पोषण: अन्तरसम्बन्ध, सन्तुलित भोजन, पोषणयुक्त खाद्यान्न र स्रोतहरू
- योग र जीवनशैली: परिचय, योगासन, योगका नियमहरू र योगाभ्यास
- माध्यमिक तहको स्वास्थ्य र शारीरिक शिक्षाको पाठ्यक्रम अध्ययन
- पाठ्यक्रम र पाठ्यपुस्तक: कक्षा ९–१० को पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकाको अध्ययन र अन्तरसम्बन्ध
- स्वास्थ्य र शारीरिक शिक्षा शिक्षण: शिक्षण विधि, शिक्षण योजना र रणनीति
- शिक्षण सामग्री: शिक्षण सामग्री र पूरक सामग्रीको सङ्कलन, विकास र प्रयोग
- परीक्षा र मूल्याङ्कन: स्वास्थ्य र शारीरिक शिक्षा शिक्षणमा परीक्षा र मूल्याङ्कन, विशिष्टीकरण तालिका र प्रयोग, निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली
- विद्यार्थीको शारीरिक तन्दुरुस्ती परीक्षण (Physical Fitness Testing): विधि र प्रयोग
- रोग र पोषण
- स्वास्थ्य र रोग निर्धारक तत्त्व: जैविक, सामाजिक सांस्कृतिक र शारीरिक
- सरुवा रोगहरू: कारण, लक्षण र रोकथाम; खाना र पानीबाट सर्ने (झाडापखाला, आउँ र हैजा), किराबाट सर्ने (मलेरिया, कालाजार र जापानिज इन्सेफलाइटिस), हावाबाट सर्ने (रुघाखोकी, निमोनिया, दादुरा र क्षयरोग), यौनजन्य सङ्क्रमणबाट सर्ने (धातुरोग, भिरिङ्गी र एड्स), सुई, रगत र अङ्गप्रत्यारोपणबाट सर्ने (हेपाटाइटिस ए र बी), जनावरको टोकाइबाट सर्ने (रेबिज) र विषाणुबाट सर्ने (बर्डफ्लु, स्वाइन फ्लु र कोरोनाभाइरस, कोभिड-१९)
- नसर्ने रोगहरू: प्रकार, लक्षण तथा रोकथामका उपायहरू (हृदयघात, रक्तचाप, क्यान्सर, मधुमेह, दम र पथरी आदि)
- पोषण: अवधारणा, स्रोत, प्रकार, कार्य र सन्तुलित भोजन
- पोषण तत्त्वको कमीले लाग्ने रोगहरू: लक्षण र रोकथामका उपायहरू
- विद्यालय स्वास्थ्य कार्यक्रम
- स्वास्थ्य सचेतना कार्यक्रम
- बृहत् विद्यालय स्वास्थ्य तथा सुरक्षा कार्यक्रम
- विद्यालय स्वच्छ खानेपानी तथा सरसफाइ कार्यक्रम
- विद्यालय आकस्मिक स्वास्थ्य सेवा
- स्वास्थ्य तथा वातावरणसम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था
- स्वास्थ्य सुरक्षा र प्राथमिक उपचार
- प्राथमिक उपचार: परिचय, आवश्यकता, महत्त्व र विधिहरू
- स्वास्थ्य सुरक्षा: आवश्यकता, महत्त्व र विधिहरू
- आकस्मिक स्वास्थ्य व्यवस्थापन: आकस्मिक रूपमा आइपर्ने स्वास्थ्यसम्बन्धी समस्याहरू (मर्किनु, पानीमा डुब्नु, रगत बहनु, हाड भाँचिनु, काट्नु, टोकाइ आदि) र तिनको व्यवस्थापन
- सरसफाइ: घर, परिवार र वातावरणीय सरसफाइ (अवधारणा, अवरोध र व्यवस्थापन), विद्यालय सरसफाइ कार्यक्रम
- विद्यालय स्वास्थ्य तथा सुरक्षासम्बन्धी संस्थाहरू: रेडक्रस, बालक्लब, सामुदायिक स्वास्थ्य चौकी, अस्पताल आदि
- शारीरिक व्यायाम तथा कवाज
- फिजिकल ट्रेनिङ, कवाज र कमाण्ड
- विद्यालयस्तरीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद: राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता, राष्ट्रिय प्रतियोगिताहरू, दक्षिण एसियाली खेलकुद, ओलम्पिक खेलकुद, विश्वकप खेलकुद
- विशेष आवश्यकता भएका बालबालिका र खेल: अपाङ्गता भएका बालबालिकाबिच हुने खेलहरू र शारीरिक क्रियाकलाप
- शारीरिक व्यायाम: प्रकार, महत्त्व, तालिम र अभ्यास विधि
- व्यायाम र शारीरिक तन्दुरुस्ती मापन: महत्त्व, परीक्षण विधि, शारीरिक तौल सूचक (Body Mass Index)
- स्पोर्ट्स, अफिसियटिङ र क्रियाकलाप व्यवस्थापन
- स्पोर्ट्स अफिसियटिङ: अवधारणा, सिद्धान्त, आचारसंहिता, काम, कर्तव्य र अधिकार
- प्रमुख खेलहरू (एथलेटिक्स, बास्केटबल, भलिबल, फुटबल र क्रिकेट) र नियमहरू
- क्रियाकलाप व्यवस्थापन: अवधारणा, जोखिम र सम्भाव्यता अध्ययन, कार्यक्रम आयोजना र समन्वय, स्रोत व्यवस्थापन, विज्ञापन, प्रवर्धन र मूल्याङ्कन
- व्यवस्थापकीय सीपहरू र प्रयोग
- खेलसम्बद्ध निकायहरू र तिनका कार्यहरू