Skip to content

Official Syllabus: Secondary Level Nepali (Paper 2)

Syllabus

माध्यमिक तह नेपाली विषयको विषयगत पाठ्यक्रम

शिक्षक सेवा आयोगद्वारा प्रकाशित आधिकारिक पाठ्यक्रम (माघ २८, २०७६, बुधबार ०:०)। मूल PDF: 1583201874%E0%A4%AE%E0%A4%BE%20%E0%A4%B5%E0%A4%BF%20%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80%2011-%E0%A5%A7%E0%A5%AF_wksuvsp.pdf · सूची: tsc.gov.np/category/79

विषय: नेपाली · पूर्णाङ्क: १०० · समय: ३ घण्टा · प्रत्येक एकाइबाट १ प्रश्न (१० अङ्क); खण्ड क का प्रश्न शिक्षण विधिसँग र खण्ड ख का प्रश्न संज्ञानात्मक तहका; प्रत्येक खण्डका लागि छुट्टै उत्तरपुस्तिका; पाठ्यक्रम २०७६/११/२० देखि लागु।

  1. वर्ण, लिपि, अक्षर र शब्द शिक्षण
    1. वर्णको परिचय, वर्ण निर्धारण प्रक्रिया, नेपालीका स्वर (अर्धस्वर र संयुक्त स्वरसमेत) र व्यञ्जन वर्णको परिचय (नेपालीका कथ्य र लेख्य वर्ण)
    2. लिपिको परिचय, प्रकार र टङ्कणमा देवनागरी लिपिको प्रयोग
    3. नेपाली अक्षरको परिचय, संरचना र अक्षर विभाजनको ढाँचा
    4. शब्दवर्ग: नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियायोगी, नामयोगी, संयोजक, विस्मयादिबोधक र निपात
    5. शब्द बनोट, शब्द रुपायन (वचन, लिङ्ग, पुरुष, आदर) र शब्द व्युत्पादन (उपसर्ग, प्रत्यय, समास, द्वित्व, आन्तरिक र बाह्य सन्धि)
  2. वाक्य परिचय र प्रकार शिक्षण
    1. संरचनाका आधारमा वाक्यको बनोट: आधारभूत/सरल, मिश्र र संयुक्त वाक्य
    2. पदावली संरचना: नाम, विशेषण र क्रियायोगी
    3. अर्थ वा भावका आधारमा वाक्य: सामान्यार्थ, विध्यर्थ, सङ्केतार्थ र सम्भावनार्थ
    4. वाक्यान्तरण: भाव, अर्थ, संरचना, ध्रुवीयता, उक्ति, वाच्यका आधारमा
    5. पदक्रम, पदसङ्गति, कारक र विभक्ति
  3. बोध र अभिव्यक्ति (व्यावहारिक र प्रयोजनपरक लेखन) शिक्षण
    1. बोध, बुँदा टिपोट र सारांश
    2. अनुच्छेद लेखन र व्यावहारिक लेखन
    3. निबन्ध लेखन र विविध लेखन
    4. प्रयोजनपरक लेखन: परिचय र प्रयोग
    5. भाषिक सम्पादन कला: प्रुफ रिडिङ र पाठ सम्पादन
  4. साहित्यिक विधा, व्याकरण, भाषिक सीप, शिक्षण विधि र अध्यापन योजना
    1. साहित्यिक विधा शिक्षणको परिचय, आवश्यकता, प्रयोजन र विधि: कविता, कथा, निबन्ध, जीवनी र रूपक
    2. नेपाली व्याकरण शिक्षण: परिचय, प्रयोग र उपयोगिता
    3. कार्यमूलक व्याकरण: परिचय, विशेषता र शिक्षण विधिहरू
    4. भाषिक सीप शिक्षण: परिचय, प्रयोजन, क्रियाकलाप र शिक्षण विधि
    5. अध्यापन योजना: पाठयोजना, एकाइ योजना र वार्षिक शैक्षणिक योजना
  5. सिकाइ सहजीकरण कार्यकलाप र प्रयोगात्मक भाषाविज्ञान
    1. सिकाइ सहजीकरण: प्रस्तुति, पठनबोध, प्रयोगात्मक कार्य र पृष्ठपोषण, बहुबौद्धिकता, आलोचनात्मक सोच, सहकार्यात्मक कार्य र विद्युतीय सिकाइको प्रयोग
    2. सामाजिक भाषाविज्ञान: सामाजिक भाषिका, भाषिक समुदाय, भाषा र संस्कृतिको सम्बन्ध, भाषा प्राप्ति र अवलम्बन
    3. मनोभाषाविज्ञान: भाषिक सामर्थ्य र सम्पादन, भाषिक विकास र संज्ञानात्मक विकास
    4. त्रुटि विश्लेषण र व्यतिरेकी विश्लेषण
  6. नेपाली भाषा, कोश र शब्दभण्डारको अध्ययन
    1. नेपाली भाषा: उत्पत्ति, परिचय, विकास र वर्तमान अवस्था
    2. नेपाली भाषामा वर्णविन्यासको मानकीकरणको प्रयास
    3. नेपाली व्याकरण शिक्षणको विकासक्रम
    4. अर्थविज्ञान: परिचय, प्रकार र भाषिक परिवर्तन, व्याकरणात्मक र कोशीय परिवर्तन
    5. अर्थका प्रकार: कोशीय, सन्दर्भपरक, व्याकरणात्मक, सहकार्यात्मक र समावेशात्मक
  7. साहित्यशास्त्र र लोकसाहित्य
    1. पूर्वीय साहित्यशास्त्र: शब्दशक्ति, शब्दालङ्कार र अर्थालङ्कार
    2. छन्द र लय: परिचय, प्रकार र प्रयोग
    3. समालोचनाको सैद्धान्तिक परिचय र प्रमुख नेपाली समालोचक: मोतीराम भट्ट, ताना शर्मा र सञ्जीव उप्रेती
    4. लोकसाहित्य: परिचय, आवश्यकता र विशेषता
    5. नेपाली भाषा शिक्षणमा लोकसाहित्यको प्रयोग
  8. भाषिक मूल्याङ्कन र परीक्षण
    1. भाषिक मूल्याङ्कन: परिचय, उद्देश्य, उपयोगिता र विधि
    2. भाषिक परीक्षण: प्रश्नपत्र निर्माण, प्रश्नका प्रकार र विशिष्टीकरण तालिका
    3. प्रश्नपत्र निर्माणमा ब्लुम्स टेक्सोनोमीको उपयोग
    4. निरन्तर विद्यार्थी मूल्याङ्कन: महत्त्व र प्रयोग
    5. विद्यार्थी मूल्याङ्कन प्रक्रियामा अक्षराङ्कन पद्धतिको प्रयोग
  9. नेपाली भाषा शिक्षणका समसामयिक सन्दर्भ र भाषिक आन्दोलन
    1. पहिलो र दोस्रो भाषाका रूपमा नेपाली भाषा शिक्षण सिकाइको स्वरूप र भिन्नता
    2. द्विभाषिक र बहुभाषिक परिवेशमा नेपाली भाषा शिक्षण
    3. सामाजिक, भाषिक विविधता र नेपाली भाषा शिक्षण
    4. नेपाली भाषा विकासका सन्दर्भमा भएका विविध प्रयासहरू
    5. पठन संस्कृति र पठन प्रवाह क्षमता
  10. नेपाली भाषा शिक्षणमा अनुसन्धान र तुलनात्मक अध्ययन
    1. भाषा शिक्षणमा अनुसन्धान: परिचय, प्रकार र विधिहरू
    2. समस्या पहिचान, उद्देश्य निर्धारण र लेखन
    3. कार्यमूलक अनुसन्धान: परिचय, ढाँचा, अनुसन्धानका विधिहरू र शिक्षणमा प्रयोग
    4. माध्यमिक तह (कक्षा ९–१२) को नेपाली विषयको पाठ्यक्रम र पाठ्यपुस्तकको अध्ययन र तुलनात्मक विश्लेषण