Study Note: Population Theories
Noteजनसङ्ख्याका सिद्धान्त
माल्थस (१७९८): जनसङ्ख्या गुणोत्तर र खाद्यान्न समान्तर दरमा बढ्छ; नियन्त्रण नभए अनिकाल, रोग र युद्धजस्ता प्राकृतिक नियन्त्रण आउँछन्। आलोचना: प्रविधि र कृषि उत्पादन वृद्धिलाई बेवास्ता। इष्टतम जनसङ्ख्या सिद्धान्त: उपलब्ध स्रोत र प्रविधिमा प्रतिव्यक्ति आय अधिकतम हुने जनसङ्ख्या।
जनसाङ्ख्यिक संक्रमण सिद्धान्त: (१) उच्च जन्म-उच्च मृत्यु, (२) मृत्युदर घट्ने र जनसङ्ख्या तीव्र बढ्ने, (३) जन्मदर पनि घट्ने, (४) न्यून जन्म-न्यून मृत्यु। नेपाल तेस्रो चरणतर्फ अघि बढेको मानिन्छ।