Skip to content

Study Note: Population of Nepal

Note

नेपालको जनसङ्ख्या

नेपालमा हरेक दश वर्षमा जनगणना हुन्छ; पहिलो जनगणना वि.सं. १९६८ मा भएको थियो। राष्ट्रिय जनगणना २०७८: जनसङ्ख्या २,९१,६४,५७८; वार्षिक वृद्धिदर करिब ०.९२%; पुरुषभन्दा महिला बढी; १४२ जातजाति र १२४ भाषा।

बसाइँसराइ: आन्तरिक (पहाडबाट तराई र सहरतर्फ) र अन्तर्राष्ट्रिय (वैदेशिक रोजगारी)। धकेल्ने कारक (गरिबी, बेरोजगारी, विपद्) र तान्ने कारक (रोजगारी, शिक्षा, सुविधा)। सहरीकरण बढ्दा आवास, खानेपानी, फोहोर र ट्राफिकका समस्या बढ्छन्।