Skip to content

Study Note: Family Life and Reproductive Health

Note

पारिवारिक जीवन र प्रजनन स्वास्थ्य

पारिवारिक जीवन शिक्षा ले परिवारका सदस्यबिच सम्बन्ध, जिम्मेवारी, लैङ्गिक समानता, निर्णय क्षमता र जिम्मेवार अभिभावकत्व सिकाउँछ। सानो र सुखी परिवार, विवाहको उचित उमेर (कानुनी उमेर २० वर्ष) र जन्मान्तरले आमा र बच्चाको स्वास्थ्य सुधार गर्छ।

प्रजनन स्वास्थ्य: सुरक्षित मातृत्व (गर्भावस्थामा जाँच, संस्थागत प्रसूति), परिवार नियोजनका अस्थायी (कन्डम, पिल्स, डिपो, इम्प्लान्ट, IUCD) र स्थायी (भ्यासेक्टोमी, मिनील्याप) साधन, यौनरोग र HIV बाट बचाउ।