Official Syllabus: Secondary Level Social Studies (Paper 2)
Syllabusमाध्यमिक तह सामाजिक विषयको विषयगत पाठ्यक्रम
शिक्षक सेवा आयोगद्वारा प्रकाशित आधिकारिक पाठ्यक्रम (फागुन १, २०७६, शुक्रबार ०:०)। मूल PDF: 1583318853Social%20studies_pesoawo.pdf · सूची: tsc.gov.np/category/79
विषय: सामाजिक अध्ययन · पूर्णाङ्क: १०० · समय: ३ घण्टा · खण्ड क (एकाइ १–५), खण्ड ख (एकाइ ६–१०)
- सामाजिक अध्ययनको स्वरूप
- सामाजिक अध्ययन: उद्देश्य, महत्त्व, आधार र सामान्यीकरण
- सामाजिक अध्ययनको उत्पत्ति र नेपालमा सामाजिक अध्ययनको विकासक्रम
- बहुविधाको रूपमा सामाजिक अध्ययन र अन्य विषयहरूसँगको सम्बन्ध
- माध्यमिक तहको सामाजिक अध्ययन विषयको पाठ्यक्रम तथा पाठ्यपुस्तकको विश्लेषणात्मक अध्ययन
- सामाजिक अध्ययन शिक्षण योजना र विधि
- सामाजिक अध्ययनमा सिकाइ योजनाको परिचय र महत्त्व, वार्षिक शैक्षणिक योजना, एकाइ योजना, पाठयोजनाको परिचय, महत्त्व, निर्माण र प्रयोग
- सामाजिक अध्ययनमा इतिहास, भूगोल, राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, जनसङ्ख्या शिक्षा, दर्शनशास्त्र, मनोविज्ञान: शिक्षण परिचय, उद्देश्य र शिक्षण विधि
- सामाजिक अध्ययन शिक्षणमा प्रयोग हुने महत्त्वपूर्ण विधिहरू: व्याख्यान, छलफल, प्रश्नोत्तर, आगमन, निगमन, अभिनय, अन्वेषण, समस्या समाधान, प्रदर्शन, अवलोकन, कथाकथन, क्षेत्र भ्रमण, समालोचनात्मक चिन्तन, समूह शिक्षण, सूक्ष्म शिक्षण
- सामाजिक अध्ययन शिक्षणमा कक्षाकोठा व्यवस्थापन
- सामाजिक अध्ययन शिक्षणमा शैक्षिक सामग्रीको निर्माण र प्रयोग, स्रोतशिक्षकको महत्त्व र भूमिका
- सामाजिक अध्ययनमा सञ्चार प्रविधि र प्रयोग हुने सीप
- सामाजिक अध्ययनमा सूचना तथा सञ्चार प्रविधिको परिचय, महत्त्व र प्रयोग
- सामाजिक अध्ययनमा सीपको परिचय र प्रकार: अध्ययन सीप, बौद्धिक सीप, सामाजिक सीप, सूचना तथा सञ्चार सीप
- सामाजिक अध्ययनमा प्रयोगात्मक सीपको प्रयोग: नक्सा, ग्लोब, समयरेखा, कालक्रम/वंशतालिका, चार्ट, स्तम्भचित्र, वृत्तचित्र, रेखाचित्र, रङ तथा सङ्केत चिह्न, नक्सामा स्थान र सङ्केत चिह्न भर्ने तरिका
- भौगोलिक सूचना प्रणाली (जि.आइ.एस.), भूमण्डलीय अवस्थिति मापन प्रणाली (जि.पि.एस.), दूर सम्वेदन (आर.एस.) को अवधारणा र प्रयोग
- सामाजिक अध्ययन शिक्षणमा मूल्याङ्कन
- सामाजिक अध्ययन विषयमा मूल्याङ्कनको परिचय, प्रकार, उद्देश्य र महत्त्व
- परीक्षाबाहेक मूल्याङ्कनका साधनहरूको परिचय, उद्देश्य र महत्त्व
- कार्यसञ्चयिका र अक्षराङ्कन पद्धतिको प्रयोग
- सामाजिक अध्ययनमा समाजमिति र सहभागितामूलक मूल्याङ्कन, अभिवृत्ति र सीप परीक्षण
- विशिष्टीकरण तालिका, प्रश्नपत्र र उत्तरकुञ्जिकाको निर्माण र प्रयोग, असल प्रश्नपत्रका विशेषता र परीक्षा व्यवस्थापन
- भूगोल र सामाजिक सम्बन्ध
- विश्वको भौगोलिक चिनारी, महादेशहरूको भौगोलिक, आर्थिक र सामाजिक क्रियाकलाप, विश्व मानचित्रमा नेपाल
- भौगोलिक अवस्था र मानव जीवन
- नेपालको धरातलीय स्वरूप, पर्यावरणीय क्षेत्र र विशेषता
- विपद् व्यवस्थापन, जलवायु परिवर्तन र नेपालमा यसको प्रभाव
- नेपालको सहरीकरण, बसाइँसराइ र जनसङ्ख्याको स्वरूप
- नेपाल र विश्वको इतिहास
- नेपालको इतिहासका स्रोतहरू
- नेपालको प्राचीन तथा मध्यकालको सामाजिक र सांस्कृतिक अवस्था
- नेपालको एकीकरणदेखि हालसम्मको राजनीतिक, आर्थिक र सामाजिक अवस्था
- ऐतिहासिक, पुरातात्त्विक स्थल एवम् स्मारकहरूको खोजी, पहिचान, संरक्षण र संवर्धन
- औद्योगिक क्रान्ति, फ्रान्सको राज्य क्रान्ति, भारतको स्वतन्त्रता सङ्ग्राम, चीनमा साम्यवादी शासन स्थापना, प्रथम र दोस्रो विश्वयुद्ध
- नागरिक सचेतना र संविधान
- नागरिक अधिकार तथा कर्तव्य, नागरिक समाज र यसको भूमिका
- नेपालको संवैधानिक विकासक्रम, वर्तमान संविधानका विशेषताहरू, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको काम, कर्तव्य, अधिकार र अन्तरसम्बन्ध
- राज्यका आधारभूत तत्त्वहरू, राष्ट्रियता र राष्ट्रिय सरोकारका विषय
- नेपालको निर्वाचन प्रणाली, सङ्घीय, प्रादेशिक र स्थानीय सरकारहरूको गठन, काम, कर्तव्य, अधिकार र अन्तरसम्बन्ध
- मानव अधिकार, सूचनाको हक र सुशासन
- नेपालको अर्थतन्त्र र विकास
- नेपालको अर्थतन्त्र, आर्थिक विकास र योजना, दिगो तथा समावेशी विकास
- नेपालको अर्थतन्त्रमा कृषि, उद्योग, व्यापार, पर्यटन र जलविद्युत्
- नेपालमा श्रमशक्ति, रोजगारी, वैदेशिक रोजगार र विप्रेषण, आर्थिक असमानता, निजी लगानी र उद्यमशीलता
- बैङ्क तथा सहकारीको अवधारणा र वित्तीय व्यवस्थापन
- नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक घटना
- नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग
- सार्क, बिमस्टेक, संयुक्त राष्ट्रसङ्घ, विश्व व्यापार सङ्गठन र नेपाल
- भूपरिवेष्टित देश: अधिकार क्षेत्र र समस्या
- नेपाल र विश्वका समसामयिक घटना
- समसामयिक सामाजिक मुद्दा र विविधता व्यवस्थापन
- सामाजिक वर्ग व्यवस्था र वर्ग विभाजन, समावेशीकरणको अवधारणा र नेपालमा यसको अभ्यास
- नेपालको सन्दर्भमा सामाजिक मुद्दा: पहिचान र सम्बोधनका प्रयासहरू
- सामाजिक द्वन्द्व र यसको व्यवस्थापन
- सामाजिक र सांस्कृतिक परिवर्तनको आधार र तत्त्व
- सामाजिक विविधता, सद्भाव र सहिष्णुता र समतामूलक समाज