Skip to content

Study Note: Teaching Social Studies

Note

सामाजिक अध्ययन शिक्षण

सामाजिक अध्ययन इतिहास, भूगोल, अर्थशास्त्र, राजनीतिशास्त्र, समाजशास्त्र र जनसङ्ख्या शिक्षाका विषयवस्तुलाई एकीकृत गरेर बनाइएको विषय हो। यसको मुख्य उद्देश्य जिम्मेवार, सचेत र सक्रिय नागरिक तयार गर्नु हो।

शिक्षण विधि: छलफल, प्रश्नोत्तर, कथावाचन (इतिहास), क्षेत्र भ्रमण, परियोजना कार्य, खोज विधि, घटना अध्ययन, भूमिका निर्वाह (संसद् अभ्यास), नक्सा र ग्लोबको प्रयोग, समसामयिक समाचार विश्लेषण।

उदाहरण: "स्थानीय तहको कार्य" पढाउँदा विद्यार्थीलाई वडा कार्यालय भ्रमण गराई प्रश्नावलीबाट सेवा प्रवाहको जानकारी सङ्कलन गर्न लगाउने र कक्षामा प्रस्तुत गराउने।

मूल्याङ्कन: लिखित परीक्षाका साथै परियोजना प्रतिवेदन, नक्सा कार्य, अवलोकन र पोर्टफोलियो प्रयोग गर्ने।