Official Syllabus: Teaching License: Primary Level (Papers 1 and 2)
Syllabusआधारभूत तह (कक्षा १-५) को अध्यापन अनुमति पत्रको पाठ्यक्रम - पहिलो तथा दोस्रो पत्र , २०७५
शिक्षक सेवा आयोगद्वारा प्रकाशित आधिकारिक पाठ्यक्रम। मूल PDF: 1539166032%E0%A4%85%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AA%E0%A4%A8%20%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%AE%E0%A4%BF%E0%A4%A4%20%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%20%E0%A4%AA%E0%A4%BE%E0%A4%A0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%20(%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A5%E0%A4%AE%E0%A4%BF%E0%A4%95)_w8ae4eb.pdf · सूची: tsc.gov.np/category/79
| पत्र/विषय क्षेत्र | पूर्णाङ्क | उत्तीर्णाङ्क | प्रश्न × अङ्क | परीक्षा प्रणाली | समय |
|---|---|---|---|---|---|
| पहिलो पत्र (विषयगत ज्ञान र शिक्षण कला): वस्तुगत | ४० | ४० प्रश्न × १ | वस्तुगत (बहुवैकल्पिक) | ४० मिनेट | |
| पहिलो पत्र (विषयगत ज्ञान र शिक्षण कला): विषयगत | २५ | ५ प्रश्न × ५ | विषयगत | १ घण्टा १५ मिनेट | |
| दोस्रो पत्र (पेसागत ज्ञान) | ३५ | ७ प्रश्न × ५ | विषयगत | १ घण्टा ५ मिनेट |
- पूर्णाङ्क १०० र उत्तीर्णाङ्क ५०; जम्मा समय ३ घण्टा; पहिलो र दोस्रो पत्रको परीक्षा एकैपटक सञ्चालन हुन्छ र उत्तरपुस्तिका अलग अलग हुन्छन्।
- परीक्षाको माध्यम नेपाली वा अङ्ग्रेजी वा दुवै; भाषा विषयको परीक्षा सोही भाषामा।
- पाठ्यक्रम शिक्षकको सक्षमताको प्रारूप २०७२ (Teacher Competency Framework) मा आधारित।
- कण्ठस्थ गरी दिइएका जवाफभन्दा शिक्षण सिकाइसँग सम्बन्धित व्यावहारिक पक्षको विश्लेषण र समस्या समाधान गर्दै दिइएका मौलिक तथा सिर्जनात्मक उत्तरलाई प्रोत्साहित गरिन्छ।
- पहिलो पत्र: शिक्षणको विषयवस्तु तथा शिक्षणकलासम्बन्धी ज्ञान (६५ अङ्क)
- नेपाली: नेपाली भाषाको परिचय, विकास र स्वरूप
- नेपाली भाषाको सङ्क्षिप्त परिचय र विशेषता
- नेपाली भाषाको स्वरूप: नेपाली उच्चारण व्यवस्था (स्वर, व्यञ्जन र अक्षर प्रणाली), कथ्य र लेख्य भाषाको भेद तथा अन्तरसम्बन्ध, शब्दभण्डारका दृष्टिले स्तरीय नेपाली प्रयोगमा अन्य भाषाको प्रभाव
- नेपाली शब्दकोशको प्रयोग: मानक शब्द पहिचान र प्रयोग
- नेपाली भाषामा कार्यमूलक व्याकरणको अवधारणा र अभ्यास
- समावेशी अवस्थामा भाषिक सिकाइ
- भाषा सिकाइमा पठन तत्त्वको अवधारणा, परिचय र प्रयोग: ध्वनि सचेतीकरण, लेख्यवर्ण सचेतीकरण, पठन प्रवाह, शब्दभण्डार, बोध र लेखाइ
- पहिलो भाषा र दोस्रो भाषाका रूपमा नेपाली भाषा सिकाइ सहजीकरण
- बहुभाषिक अवस्थाको पहिचान तथा शिक्षण: मातृभाषा एवम् भाषिकाका शब्दको प्रयोग, अभ्यास र अवसर, समस्या समाधान विधिको प्रयोग
- भाषिक रूपान्तरण र स्थानान्तरणका मान्यताहरू
- नेपाली: नेपाली भाषाको बोध र अभिव्यक्ति
- ज्ञान विज्ञानका विभिन्न क्षेत्रका विषयवस्तुमा लेखिएका गद्यांशहरूको पठनबोध
- गद्यांशहरूबाट बुँदा टिपोट र सङ्क्षेपीकरण
- अनुच्छेद लेखन
- निबन्ध लेखन
- प्रतिवेदन लेखन
- पत्र रचना
- व्यावहारिक लेखन: समवेदना, श्रद्धाञ्जली, शुभकामना आदि
- सिलसिलाबद्ध अभिव्यक्ति: सन्दर्भ, पूर्वानुमान तथा घटना वर्णन, शब्दभण्डार र प्रसङ्गअनुसार शब्दको चयन र प्रयोग, शुद्धाशुद्धि पहिचान र सम्पादन, आलेखन, अनुलेखन र स्वतन्त्र लेखन, सूचना संश्लेषण तथा विश्लेषण
- English
- Importance of English language
- Development of four language skills: listening, speaking, reading and writing
- Reading comprehension: short stories, dialogues, facts
- Interpret charts, tables and diagrams
- Describe things, people and narrate events
- Write simple letters, dialogues and paragraphs
- Use of punctuation marks
- Use of simple dictionaries
- Basic English grammar and structures
- Use appropriate structures for the language functions covered in basic level curriculum of grades 1-5
- Use of classroom language
- गणित
- अङ्क र सङ्ख्याको ज्ञान: अवधारणा, शून्यान्त, रूढ र संयुक्त सङ्ख्या र खण्डीकरण
- गणितका आधारभूत क्रियाहरू: जोड, घटाउ, गुणन र भाग
- भिन्न, दशमलव र प्रतिशत
- समूहका प्रकार र क्रियाहरू
- समय, मुद्रा र नापतौल र क्षमताका आधारभूत क्रियाहरू र रूपान्तरण
- क्षेत्रफल, दूरी, आयतन र परिमिति
- ऐकिक नियम, साधारण ब्याज र अनुपात
- बीजगणित: अभिव्यञ्जकको जोड, घटाउ, गुणन र भाग, समीकरण
- ज्यामिति: रेखा, कोण, त्रिभुज र चतुर्भुज आदि
- ग्राफ, चार्ट, तालिका र तथ्याङ्क सङ्कलन
- आधारभूत तह (प्राथमिक कक्षा १–५) को पाठ्यक्रम, शिक्षण सहजीकरण र मूल्याङ्कन
- प्राथमिक कक्षा १–५ को पाठ्यक्रमसम्बन्धी जानकारी: तहगत र विषयगत उद्देश्य र कक्षागत सिकाइ उपलब्धि, विषयवस्तुको क्षेत्र तथा क्रम, विषयगत पूर्णाङ्क र पाठ्यभार, शिक्षण सिकाइ प्रक्रिया र विद्यार्थी मूल्याङ्कन
- शैक्षणिक योजना निर्माण: शैक्षिक उद्देश्यको वर्गीकरण (ब्लुम्सको टेक्सोनोमी), वार्षिक शैक्षणिक योजना, एकाइ योजना, दैनिक पाठयोजना र शिक्षण सुधार योजनाको निर्माण र प्रयोग
- शिक्षण सहजीकरण प्रक्रिया/विधिहरू: नेपाली (व्याख्यान, कथाकथन, छलफल, प्रश्नोत्तर, अभिनय तथा भूमिका निर्वाह, खेल, खोजविधि), English (teaching four skills, pronunciation, vocabulary, grammar, language functions; drills, pair and group work, songs, chants, poems, stories and language games), गणित (प्रदर्शन, प्रयोगात्मक, प्रश्नोत्तर, छलफल, आगमन, समस्या समाधान, खोज, पियाजेको संज्ञानात्मक विकास सिद्धान्तको प्रयोग)
- विषयगत शिक्षण सिकाइका लागि स्थानीय तथा शिक्षक निर्मित सामग्रीको सङ्कलन, निर्माण र प्रयोग
- सिकाइ सहजीकरणमा सूचना तथा सञ्चार प्रविधिको उपयोग: साधनको सङ्कलन, छनोट, प्रयोग (अनलाइन र अफलाइन सामग्री, दृश्य, श्रव्य, सामाजिक सञ्जाल, इमेल, वेबसाइट, मल्टिमिडिया, भर्चुअल सिकाइ, इ-कन्फरेन्स, साइबर सिकाइ आदि)
- विषयगत मूल्याङ्कन: विशिष्टीकरण तालिकाको निर्माण र प्रयोग, मूल्याङ्कनका साधन निर्माण, सिकाइ सुधारका लागि निरन्तर मूल्याङ्कन पद्धति, मूल्याङ्कन रुब्रिक्सको प्रयोग
- नेपाली: नेपाली भाषाको परिचय, विकास र स्वरूप
- दोस्रो पत्र: पेसागत ज्ञान (३५ अङ्क)
- विद्यालय शिक्षासम्बन्धी विद्यमान व्यवस्था
- नेपालको संविधानमा शिक्षासम्बन्धी व्यवस्था
- शिक्षा ऐन, २०२८ (संशोधनसहित) तथा शिक्षा नियमावली, २०५९ (संशोधनसहित)
- शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित)
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा शिक्षासम्बन्धी व्यवस्था
- प्राथमिक र निम्न माध्यमिक तहसँग सम्बन्धित विषयवस्तु: नेपाल राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन २०११, राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८, राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९, विद्यालय क्षेत्र विकास योजना (२०७३/७४–२०७९/८०)
- शिक्षाका राष्ट्रिय उद्देश्य, आधारभूत शिक्षाका उद्देश्य र सक्षमताहरू
- शिक्षाको संरचना (पूर्वप्राथमिकदेखि माध्यमिक तहसम्म)
- अनौपचारिक शिक्षा (आधारभूत साक्षरता, कार्यमूलक साक्षरता, प्रविधिमा आधारित साक्षरता, खुला तथा वैकल्पिक शिक्षा, निरन्तर शिक्षा, जीवनपर्यन्त सिकाइ)
- शिक्षासम्बन्धी समसामयिक जानकारी
- बालबालिका र सिकाइ
- सिकाइको अवधारणा र यससँग सम्बन्धित पक्षहरू
- पूर्व बाल्यावस्थादेखि किशोरावस्थासम्मका बालबालिकाहरूको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकास र सिकाइ
- सिकाइका सिद्धान्तहरू (Classical Conditioning, Operant Conditioning, Trial and Error, Insightful Learning)
- सिकाइमा वैयक्तिक भिन्नता, विशेष सिकाइ आवश्यकता तथा विशिष्ट क्षमताको पहिचान र सोअनुरूप सिकाइ
- बालबालिकाको सिकाइमा प्रभाव पार्ने तत्त्वहरू (पूर्वज्ञान, भाषिक तथा सामाजिक, सांस्कृतिक मूल्य मान्यता र विविधता)
- सिकाइमा उत्प्रेरणा बढाउने उपायहरू
- सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन
- बालमैत्री सिकाइ वातावरण निर्माण
- सकारात्मक अनुशासन र आदर्श व्यवहार
- रचनात्मक र सक्रिय सिकाइ तथा समूह परिचालन (व्यक्तिगत, जोडी र समूह कार्य)
- विपद् व्यवस्थापन र शिक्षा एवम् सिकाइ निरन्तरता
- कक्षाकोठाको व्यवस्थापन
- कक्षा शिक्षण, बहुकक्षा शिक्षण र विषय शिक्षण
- एकीकृत शिक्षण पद्धति
- पेसागत विकास र आचारसंहिता
- शिक्षक पेसागत विकासका दृष्टिकोण र तरिकाहरू
- पेसागत विकासमा निरन्तर सिकाइ, स्वअध्ययन, स्वप्रतिबिम्बन, नवप्रवर्तन र सिर्जनशीलताको विकास
- कार्यमूलक अनुसन्धान
- शिक्षक पेसागत विकासका विद्यमान व्यवस्था र स्वरूप
- पेसागत आचरण, मूल्य मान्यता, उत्तरदायित्व र जिम्मेवारी
- असल शिक्षकका गुणहरू
- प्रभावकारी सिकाइका लागि सञ्चार, समन्वय र अन्तरसम्बन्ध
- खोज, सहकार्य तथा अन्तर्क्रियाका निमित्त प्रभावकारी सञ्चारका उपायहरू
- विद्यार्थी, शिक्षक र अभिभावकबिच प्रभावकारी सञ्चार र सहकार्य
- शैक्षणिक परामर्श र निर्देशन
- शिक्षक तथा शिक्षक पेसागत समूहबिच अनुभव, पृष्ठपोषणको आदानप्रदान, आपसी सहयोग र सहकार्य
- सरोकारवाला तथा निकायहरूबिच सहयोग र समन्वय (विद्यालय व्यवस्थापन समिति, गाउँ/नगर शिक्षा समिति, शिक्षक अभिभावक सङ्घ, स्थानीय तह र अन्य सङ्घसंस्था)
- कक्षाकोठामा प्रभावकारी सञ्चार (प्रश्न गर्ने सीप, निर्देशन सीप, प्रश्नमार्फत पूर्वज्ञान परीक्षण, प्रश्नमार्फत बुझाइ परीक्षण, सिकाइका निमित्त उपयुक्त प्रश्नको उपयोग)
- शिक्षण सिकाइमा पृष्ठपोषण: विद्यार्थीलाई उसको सिकाइ वा कार्यसम्पादनको स्तरबारे जानकारी र सुधारको आधार
- शिक्षासम्बन्धी अन्तरसम्बन्धित मुद्दाहरू
- गुणस्तरीय शिक्षाका मुख्य आधारहरू
- समावेशी शिक्षा, सबैका लागि शिक्षा तथा शिक्षामा समतासम्बन्धी शिक्षाको योजना तथा व्यवस्थापन
- बाल अधिकार
- बालमैत्री र दण्डरहित शिक्षाको योजना तथा व्यवस्थापन
- विद्यालय शिक्षासम्बन्धी विद्यमान व्यवस्था