Official Syllabus: General Paper (Basic Level, Paper 1)
Syllabusआधारभुत (निम्नमाध्यमिक र प्राथमिक) तहको सामान्य परीक्षाको पाठ्यक्रम, २०७६
शिक्षक सेवा आयोगद्वारा प्रकाशित आधिकारिक पाठ्यक्रम। मूल PDF: 1594796743%E0%A4%B8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%20%E0%A4%AA%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE%20%E0%A4%AA%E0%A4%BE%E0%A4%A0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%20%E0%A4%86%E0%A4%A7%E0%A4%BE%E0%A4%B0%E0%A4%AD%E0%A5%82%E0%A4%A4%20%E0%A4%A4%E0%A4%B9_iyzagps.pdf · सूची: tsc.gov.np/category/79
| पत्र/विषय क्षेत्र | पूर्णाङ्क | उत्तीर्णाङ्क | प्रश्न × अङ्क | परीक्षा प्रणाली | समय |
|---|---|---|---|---|---|
| सामान्य परीक्षा (विज्ञापन भएका सबै विषयका लागि) | १०० | ५० | ५० प्रश्न × २ | वस्तुगत / बहुवैकल्पिक | १ घण्टा |
| सम्बन्धित विषयको विषयगत परीक्षा | १०० | ४० | १० प्रश्न × १० | विषयगत विश्लेषणात्मक | ३ घण्टा |
- वस्तुगत/बहुवैकल्पिक प्रश्नको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तरबापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ, तर उत्तर नदिएमा अङ्क कट्टा गरिने छैन।
- परीक्षाको मितिभन्दा ३ महिना अगाडि संशोधन भएका, हटाइएका वा थप गरी कायम रहेका कानुन तथा नीतिलाई पाठ्यक्रममा परेको सम्झनुपर्छ।
- सामान्य परीक्षा विज्ञापन भएका सबै विषयका लागि एउटै (साझा) हुन्छ; सामान्य परीक्षामा उत्तीर्ण उम्मेदवार मात्र विषयगत परीक्षामा सम्मिलित हुन्छन्।
- निम्न माध्यमिक र प्राथमिक तहको परीक्षा छुट्टाछुट्टै सञ्चालन हुन्छ। पाठ्यक्रम २०७६/११/०१ देखि लागु।
- खण्ड क: सामान्य ज्ञान र समसामयिक विषय (३० अङ्क)
- ब्रह्माण्डसम्बन्धी जानकारी
- सौर्यमण्डल: सूर्य, ग्रह, उपग्रह, तारा
- पृथ्वी: परिचय, उत्पत्ति र गति
- विश्वको भूगोल
- महासागर, महादेश, भौगोलिक क्षेत्र र विशेषता
- अवस्थिति, अक्षांश, देशान्तर, अन्तर्राष्ट्रिय तिथि रेखा, समय र दूरी
- जलवायु, पर्वत शृङ्खला, मरुभूमि, भूकम्प, ज्वालामुखी, नदी र हिमनदी
- नेपालको भूगोल
- भौगोलिक अवस्था, धरातलीय स्वरूप, किसिम र विशेषता
- प्राकृतिक स्रोतहरू, किसिम, उपलब्धता र उपयोग
- भौगोलिक विविधता र जनजीवन
- हावापानीको किसिम, विशेषता र त्यसको प्रभाव
- नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्था
- आधुनिक इतिहास: महत्त्वपूर्ण राजनीतिक घटनाक्रम
- नेपाली समाज: बनोट, सामाजिक प्रथा, परम्परा, मूल्य र मान्यता
- सांस्कृतिक सम्पदा: किसिम, स्थिति, विशेषता, महत्त्व र संरक्षण
- नेपालको आर्थिक विकास
- नेपालको अर्थतन्त्रको स्वरूप
- विकासका पूर्वाधारहरू: शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, विद्युत् र पर्यटन
- चालु आवधिक योजना र बजेट
- वातावरण, विज्ञान र प्रविधि
- दिगो विकास, नेपालको जलवायुको अवस्था, हरितगृह प्रभाव, वातावरण प्रदूषण
- पारिस्थितिक पद्धति (Ecosystem): परिचय र प्रकार
- जनसाङ्ख्यिकी, सहरीकरण र बसाइँसराइ र असर
- जैविक प्रविधि र वैकल्पिक ऊर्जा
- विज्ञान र प्रविधिको विकास
- अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघ/संस्था
- संयुक्त राष्ट्रसंघ: यसका अङ्गहरू, विशिष्टीकृत संस्था र तिनका गतिविधिहरू
- क्षेत्रीय संगठन: सार्क र बिमस्टेक
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक, सांस्कृतिकलगायत समसामयिक घटनासम्बन्धी जानकारी
- ब्रह्माण्डसम्बन्धी जानकारी
- खण्ड ख: शिक्षासम्बन्धी आधारभूत ज्ञान (४० अङ्क)
- शिक्षाको परिचय र नेपालको शैक्षिक विकास
- शिक्षाको अर्थ, परिभाषा, स्वरूप, उद्देश्यहरू र कार्यहरू
- नेपालको आधुनिक शैक्षिक इतिहास
- शैक्षिक संगठन र संरचना
- शिक्षा मनोविज्ञान
- शिक्षा मनोविज्ञान: अर्थ, अवधारणा, आवश्यकता र महत्त्व
- मानव विकास: वृद्धि र विकासको अवधारणा, चरण र विशेषता
- उत्तर बाल्यावस्था: विशेषता, देखापर्ने परिवर्तनहरू (शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक परिवर्तन) र रुचिहरू
- उत्तर बाल्यावस्थाका विद्यार्थीहरूको सामाजीकरणमा शिक्षक र अभिभावकको भूमिका
- सिकाइ र प्रभाव पार्ने तत्त्वहरू
- सिकाइ: परिचय, अर्थ, स्वरूप र प्रभाव पार्ने तत्त्वहरू
- सिकाइको स्थानान्तरण: अवधारणा, प्रकार, सिद्धान्त र प्रभाव पार्ने तत्त्वहरू
- उत्प्रेरणा: अवधारणा, आवश्यकता र विद्यार्थीहरूमा उत्प्रेरणा जगाउने उपायहरू
- पुनर्बल (Reinforcement): अवधारणा, प्रकार र प्रयोग
- सिकाइ प्रक्रिया र सिकाइका सिद्धान्तहरू
- सिकाइका सिद्धान्त: परिचय, विशेषता र शैक्षिक उपयोगिता
- शास्त्रीय सम्बन्धन सिद्धान्त (Classical Conditioning Theory)
- कार्यपरक सम्बन्धन सिद्धान्त (Operant Conditioning Theory)
- पाठ्यक्रम तथा पाठ्यपुस्तक
- पाठ्यक्रमको परिचय, अवधारणा, उद्देश्य, क्षेत्र र क्रम
- राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६
- पाठ्यक्रममा विविधता व्यवस्थापन, स्थानीय पाठ्यक्रम, एकीकृत पाठ्यक्रम
- पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका र सम्बन्ध
- शिक्षण सिकाइको योजना, विधि र शिक्षण सामग्री
- शैक्षणिक योजना: अर्थ र आवश्यकता, वार्षिक कार्ययोजना, वार्षिक शैक्षणिक योजना, एकाइ योजना र दैनिक पाठयोजना
- शिक्षण सिकाइ विधि: अर्थ, शिक्षककेन्द्रित, अन्तरक्रियात्मक र विद्यार्थीकेन्द्रित शिक्षण विधि
- शिक्षण सामग्री: अर्थ, वर्गीकरण, निर्माण, प्रयोग र भण्डारण
- मूल्याङ्कन र परीक्षा
- मापन र मूल्याङ्कनबिच भिन्नता, मूल्याङ्कनका प्रकार, साधन र विशेषता
- परीक्षाको अर्थ र प्रकार (विषयगत, वस्तुगत, स्तरीकृत र शिक्षक निर्मित परीक्षा)
- प्रश्नपत्र निर्माण, विशिष्टीकरण तालिका, प्रश्नहरूको विश्लेषण, वैधता र विश्वसनीयता
- निरन्तर मूल्याङ्कन प्रणाली, अक्षराङ्कन पद्धति र नेपालको सन्दर्भमा निरन्तर मूल्याङ्कन प्रणालीको अवस्था
- शैक्षिक व्यवस्थापन र शैक्षणिक संगठन
- कक्षाकोठा व्यवस्थापन: अवधारणा, आवश्यकता र महत्त्व
- कक्षाकोठामा विविधता व्यवस्थापन: भाषिक, लैङ्गिक, अपाङ्गता, आर्थिक, सामाजिक र सांस्कृतिक
- शैक्षणिक संगठन: कक्षा शिक्षण, बहुकक्षा शिक्षण, विषय शिक्षण, मिश्रित शिक्षण
- विद्यालयमा द्वन्द्व व्यवस्थापन, विपत् व्यवस्थापन, सङ्कट व्यवस्थापन
- शिक्षक पेसागत विकास र शैक्षिक अनुसन्धान
- शिक्षक तालिम र क्षमता विकास
- शैक्षिक अनुसन्धान: अर्थ, आवश्यकता र महत्त्व
- घटना अध्ययन र कार्यमूलक अनुसन्धान: उद्देश्य र प्रयोग
- शिक्षाको परिचय र नेपालको शैक्षिक विकास
- खण्ड ग: सूचना तथा सञ्चार प्रविधि (१० अङ्क)
- कम्प्युटर: परिचय, प्रकार, हार्डवेयर, सफ्टवेयर र अफिस प्याकेज (वर्ड, एक्सेल, पावरप्वाइन्ट), इमेल, इन्टरनेट
- विद्यालयमा प्रयोग गरिने साधारण सफ्टवेयरसम्बन्धी आधारभूत ज्ञान
- शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग (श्रव्य, दृश्य तथा अन्तरक्रियात्मक डिजिटल सामग्री, ई-पुस्तकालय), विकास र व्यवस्थापन
- साइबर अपराध र सुरक्षासम्बन्धी आधारभूत ज्ञान
- खण्ड घ: संविधान, शिक्षासम्बन्धी ऐन तथा नियमहरू (१० अङ्क)
- नेपालको संविधान (मौलिक हक र राज्यका निर्देशक सिद्धान्तहरू)
- शिक्षा ऐन, २०२८
- शिक्षा नियमावली, २०५९
- शिक्षक सेवा आयोग नियमावली, २०५७
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (शिक्षासम्बन्धी)
- खण्ड ङ: सामान्य बौद्धिक परीक्षण (General Mental Ability Test) (१० अङ्क)
- शाब्दिक बौद्धिक परीक्षण (Verbal Intelligence Test)
- शब्दज्ञान परीक्षण (Word knowledge tests)
- समरूपता (Analogies)
- शाब्दिक वर्गीकरण (Verbal Classification)
- विपरीतार्थक, समानार्थी (Antonyms, Synonyms)
- शाब्दिक पजलहरू, अमिल्दा शब्दहरू (Verbal Puzzles Including Jumbled Words)
- गणितीय क्षमता (Mathematical Ability)
- श्रेणीक्रम समस्याहरू (Series Problems)
- छुटेका सङ्ख्याहरू पुरा गर्ने (Fill in the Missing Numbers)
- गणितीय पजलहरू (Mathematical Puzzles)
- भिन्न र दशमलव (Fraction and Decimal)
- प्रतिशत र अनुपात (Percentage and Ratio)
- नाफा, नोक्सान, कार्य र समय (Profit, Loss, Time and Work)
- तथ्याङ्क परीक्षण, विश्लेषण र प्रमाणीकरण (Data Checking, Data Interpretation and Verification)
- स्थानिक तार्किक सीप (Spatial Reasoning Skills)
- वस्तु मिलान (Object Assembly)
- अङ्क सङ्केत/कोडिङ (Digit Symbol/Coding)
- चित्र मिलान (Picture Arrangement)
- चित्र पुरा गर्ने (Picture Completion)
- मेट्रिक्स रिजनिङ (Matrix Reasoning)
- दृश्यात्मक/धारणात्मक सीप (Visual/Perceptual Skills)
- सीमित सूचनाको आधारमा निष्कर्ष (Stringing separate related pieces of information)
- समान प्रकारका वस्तु पहिचान (Picking out identical things from a collection)
- असमान वस्तु/चित्र पहिचान (Identifying the odd one out)
- शाब्दिक बौद्धिक परीक्षण (Verbal Intelligence Test)